गुल्मीका कोरोना संक्रमितको अवस्था स्थिर, हल्लाका पछि नलाग्न अस्पताल प्रशासनको आग्रह | Khabarhub Khabarhub

गुल्मीका कोरोना संक्रमितको अवस्था स्थिर, हल्लाका पछि नलाग्न अस्पताल प्रशासनको आग्रह


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गुल्मीका कोरोना संक्रमित ४१ वर्षे पुरुषको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पताल प्रशासनले जनाएको छ ।

उनको रुपन्देहीको मणिग्राममा रहेको क्रिमशन अस्पतालमा उपचार भइरहेको छ ।

अस्पतालका अध्यक्ष चिन्तामणी पाण्डेले खबरहबसँग कुरा गर्दै बिरामीको अहिले पनि आईसीयू कक्षमा भेन्टिलेटरको सहयोगमा उपचार भइरहेको जानकारी दिए ।

उनले भने, ‘समाचारमा बिरामीको मृत्यु भएको कुरा आएको छ । तर यो सत्य होइन । उनको अहिले पनि अस्पतालमा उचपार भइरहेको छ । अवस्था गम्भीर छ ।’

बिरामीको अवस्था अघिल्लो दिनको जस्तै रहेको भन्दै अध्यक्ष पाण्डेले हल्लाका पछि नलाग्न आग्रह गरे ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  ११ : २० बजे

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार १२ बजेसम्म उडान बन्द

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल भदौ २५ गते बुधबार। आश्विन

आज २०८२ साल भदौ २५ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २५ गते बुधबार। आश्विन

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले

सडकमा आयो सेना, उच्छृङ्खल गतिविधि भए खबर गर्न अनुरोध

काठमाडौँ – जेन-जी आन्दोलनले सरकारलाई बढारेपछि पनि मच्चिएको अराजकता नियन्त्रण