आफ्नो प्रस्तावअनुसार पार्टीको निर्णयमा नयाँ नक्सा छापिएको वामदेवको दाबी « Khabarhub

आफ्नो प्रस्तावअनुसार पार्टीको निर्णयमा नयाँ नक्सा छापिएको वामदेवको दाबी


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सात्तारुढ दल नेकपाका उपाध्यक्ष तथा सचिवालय सदस्य वामदेव गौतमले आफ्नो प्रस्ताव र पार्टीको सामूहिक निर्णयअनुसार नेपालको नयाँ नक्सा जारी भएको बताएका छन् ।

बुधबार सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै गौतमले नेपालका अतिक्रमित भूमि समेटेर देशको नक्सा जारी गर्नुपर्ने सन्दर्भमा आफूले सुरुदेखि नै पार्टीमा सशक्त विचार र जोडदार माग राख्दै आएको जिकिर गरेका छन् ।

नयाँ नक्साका प्रधानमन्त्री केपी ओलीलाई जस गएकोतर्फ संकेत गर्दै गौतमले अनुयायीहरू व्यक्ति केन्द्रित भएर निश्चित व्यक्तिका नामलाई देवत्वकरण गर्न व्यस्त हुने प्रचलन रहेको भनेका छन् । उनले नक्सा पार्टीको सामूहिक निर्णयले छापिएको उल्लेख गरेका छन् ।

‘ऐतिहासिक तथ्य, प्रमाण र लिखतद्वारा निर्दिष्ट गरिएको आधारमा नेपाल सरकारले हाम्रो देशको नयाँ नक्सा सार्वजनिक गरेको छ । यसप्रति समस्त नेपाली जनसमुदाय प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारप्रति आभारी छ,’ गौतमले लेखेका छन्, ‘नेपालका अतिक्रमित भूमिलाई समेटेर देशको नक्सा जारी गर्नुपर्ने सन्दर्भमा मैले सुरुदेखि नै पार्टीमा सशक्त विचार र जोडदार माग राख्दै आएको म सबैमा स्मरण गराउन चाहन्छु ।’

नयाँ नक्सा छाप्ने निर्णय पार्टीको सामूहिक निर्णयप्रक्रिया अनुसार भएको गौतमको भनाइ छ । उनले लेखेका छन्, ‘नेपाल सरकारबाट पनि त्यहीअनुरूप अनुमोदन भएको वास्तविकतालाई सबैले स्वीकार गर्नुपर्छ । हामीले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्नुर्छ ।’

गौतमले वर्तमान सरकारका अनेकन कार्य आलोचनायोग्य हुँदाहुँदै पनि नयाँ नक्सा छाप्ने काम स्वागतयोग्य रहेको उल्लेख गरेका छन् । ‘यसपटक पनि छुटेका नेपाली भूभाग समेटेर नक्सा जारी गर्नुपर्ने प्रस्ताव पार्टीको बैठकमा मैले नै राखेको यहाँहरु सबैमा जानकारी गराउँछु,’ उनले लेखेका छन्, ‘सीमाना व्यवस्थापनसँग सम्बन्धित हाम्रा ऐतिहासिक अभिलेखलाई यो नक्साले अझ बलियो प्रमाणका रुपमा आत्मसात् गर्दै आगामी पुस्तालाई सीमा रक्षाका निमित्त प्रेरणा, उत्साह र ऊर्जा दिने काम भएको छ ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  ११ : २५ बजे

सर्वपक्षीय बैठकमा ओलीबारे कांग्रेसले भन्यो : नेतामाथि ‘स्थान हद’ लगाएर निर्वाचन हुन सक्दैन

काठमाडौं- आगामी फागुन २१ गते तय प्रतिनिधिसभा सदस्य निर्वाचन तोकिएकै

‘ह्वील अफ फर्च्यून’ टेलिभिजन शो होस्ट गर्दै अक्षय कुमार

काठमाडौं– बलिउडका चर्चित अभिनेता अक्षय कुमार लामो समयपछि टेलिभिजनमा पुनः

एमसीसी कम्प्याक्टअन्तर्गत सडक मर्मतका लागि दुई सम्झौता

काठमाडौं- एमसिए–नेपालले मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) कम्प्याक्टअन्तर्गत सडक मर्मत कार्य

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

काठमाडौं- आइतबार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार पनि

बोर्डको साप्ताहिक ब्रिफिङमा हराएको सुरक्षा पन्त स्टारर ‘धागो’को व्यापार ३९ हजार

काठमाडौं – व्यापार बढाइँचढाइ गरेर दर्शकलाई हलसम्म तान्ने मेकरहरूको कुचेष्टा