कोरोना भाइरसले खाडी मुलुकमा ७३१ को मृत्यु, १ लाख ५० हजारभन्दा बढी संक्रमित « Khabarhub

कोरोना भाइरसले खाडी मुलुकमा ७३१ को मृत्यु, १ लाख ५० हजारभन्दा बढी संक्रमित


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लाखौं नेपालीहरु कार्यरत खाडीका ६ मुलुकमा कोरोना भाइरसले ७१४ जनाको मृत्यु भएको छ भने १ लाख ५० हजार ४९० जना संक्रमित भएका छन् ।

खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै ३२९ जनाको मृत्यु भएको छ । त्यहाँ ५९ हजार ८५४ जना संक्रमित भएका छन् ।

यस्तै यूएईमा २२७ जनाको मृत्यु भएको छ भने २५ हजार ६३ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कुवेतमा १२१ जनाको मृत्यु भएको छ भने १६ हजार ७६४ जना संक्रमित भएका छन् ।

यस्तै ओमानमा २७ जनाको मृत्यु भएको छ भने ५ हजार ६७१ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कतारमा १५ जनाको मृत्यु भएको छ भने ३५ हजार ६०६ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणले बहराइनमा १२ जनाको मृत्यु भएको छ । त्यहाँ ७ हजार ५३२ जना संक्रमित भएका छन् ।

बैदेशिक रोजगारीमा रहेका लाखौं नेपालीहरु रहेका खाडी मुलुकमा संक्रमण बढ्दै जादा उनीहरु चिन्तित हुन थालेका छन् ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  ११ : ५० बजे

ग्रिनल्याण्ड वार्ता तत्काल अघि बढाउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्ड अधिग्रहणका सम्बन्धमा तत्काल

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ

आज २०८२ साल माघ ८ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ

प्रधानमन्त्रीको काँधले सिंगो देशको भार थामिरहेको छ : रक्षा बम

काठमाडौँ । जेनजी अगुवा रक्षाम बमले देश निर्वाचन होमिएको र