पूर्व प्रधानमन्त्री चन्दको पछुवा भ्यानले स्कुटरलाई ठक्कर दिएर भाग्यो, चन्द भन्छन्– चोटपटक लागेको भएमा म भेट्न जानेछु « Khabarhub

पूर्व प्रधानमन्त्री चन्दको पछुवा भ्यानले स्कुटरलाई ठक्कर दिएर भाग्यो, चन्द भन्छन्– चोटपटक लागेको भएमा म भेट्न जानेछु


१६ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको सुरक्षामा खटिएको पछुवा भ्यानले एक स्कुटरलाई ठक्कर दिएर भागेको छ । भ्यानले स्कुटरलाई ठक्कर दिएर भागेको भीडियो सामाजिक सञ्जालमा आएसँगै भाइरल भएको छ । भिडियोमा देखिएको दृश्य अनुसार भ्यानले नयाँ बानेश्वर सडक खण्डमा स्कुटरलाई ठक्कर दिएर भागेको देखिएको छ ।

भिडियोमा देखिए अनुसार शसस्त्र प्रहरीको बा १ झ ९५२९ नम्बरको भ्यानले अर्को लेन तर्फ रेहेको स्कुटरलाई पछिल्लो भागले ठक्कर दिन्छ र भाग्छ । तीव्र गतिमा रहेको भ्यानले ठक्कर दिएपछि स्कुटर सडकमा पछारिन्छ । स्कुटर युवाले चलाइरहेका देखिएको छ भने पछाडि महिला बसेकी छिन् ।

भ्यानले ठक्कर दिएपछि दुबै जना सडकमा लड्छन्, संयोग उनीहरुको स्कुटरसँगसँगै कुदिरहेको मोटरसाइकल भने रोकिन्छ ।

स्कुटरलाई ठक्कर दिएपछि उनीहरुको उद्दार र उपचारमा लाग्नुको सट्टा सुरक्षा निकायको भ्यान भागेको भन्दै सामाजिक सञ्जालमा आक्रोश व्यक्त भइरहेको छ ।

आफ्नो सुरक्षामा रहेको सवारीले स्कुटरलाई ठक्कर दिएको भिडियो सामाजिक सञ्जालमा आएपछि पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले यसबारे प्रतिक्रिया दिएका छन् । उनले सामाजिक सञ्जालमा आफ्ना बारेमा नराम्रा कमेन्ट देखेर दुखित भएको जनाएका छन् ।

पूर्व प्रधानमन्त्री चन्दले स्कूटर दुर्घटना भएको बारे आफूले आज मात्र थाहा पाएको र स्कुटरमा सवार व्यक्तिलाई चोटपटक लागेको भएमा आफू भेट्न जाने बताएका छन् ।

यस्तो छ पूर्वप्रधानमन्त्री चन्दको स्टाटस्

मिती २०७५/१२/१५ गतेका दिन नयाँ बानेश्वर स्थित ५:४५ बजे तिर मेरो सुरक्षामा रहेको भ्यान र एउटा स्कुटर दुईवटा गाडीको बिचमा परेर आतिएर भ्यानको पछिल्लो भागमा ठोकिँदै लडेको र लगत्तै उठि हिडेको मलाई आज १६ गते सुरक्षा कर्मीले जानकारी गरायो । यसमा म अनविज्ञ थिए तर विभिन्न फेस्बुक,मिडियाहरु मा मेरो बारेमा विभिन्न नराम्रा कमेन्ट देख्दा म दुखित छु । साथै स्कुटरमा सवार ब्यक्ति को हुन यदि कुनै किसिमको चोटपटक लागेको भएमा म भेट्न जानेछु जानकारी दिन अनुरोध गर्दछु । धन्यवाद !

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार  ३ : ५० बजे

नेपाली कांग्रेस वैतेश्वरको ८ वटै वडाको अधिवेशन सम्पन्न सर्वसम्मत नयाँ नेतृत्व चयन 

काठमाडौं– नेपाली कांग्रेस वैतेश्वर गाउँपालिकाले सर्वसम्मत ८ वटै वडाको नयाँ

‘राइट टु रिकल’ कार्यान्वयनका लागि रास्वपा कार्यदलले थाल्यो काम

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयनका लागि

पाकिस्तानमा सुरक्षा कारबाही : पाँच लडाकु मारिए, २३ नागरिकको उद्धार

इस्लामावाद- पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेको कारबाहीमा

एमाले बैठकमा नेतृत्व परिवर्तनसम्बन्धी कुनै प्रतिवेदन पेश हुँदैन : पद्मा अर्याल

काठमाडौं- नेकपा एमालेकी सचिव पद्‍मा अर्यालले आइतबार बस्ने पार्टी सचिवालय

प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान

काठमाडौं– प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा ‘चाइना फोरम अन इन्टरनेशनल लिगल