सिरहामा थप ८० आइसोलेसन शय्या तयार पारिने « Khabarhub

सिरहामा थप ८० आइसोलेसन शय्या तयार पारिने


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा- प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि प्रदेश सरकारले सिरहामा ८० शय्या (बेड) को आइसोलेसन बेड तयार गर्ने भएको छ ।

मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण प्रदेशस्तरीय निर्देशन एवं समन्वय समितिको मङ्गलबार बसेको बैठकले कोरोना भाइरसको सङ्क्रमण फैलिदो अवस्थामा रहेकाले सिरहास्थित जिल्ला अस्पतालमा ५० बेड र सिरहाको धनगढीमाई नगरपालिकास्थित महेन्द्र गेनाई मेमोरियल अस्पतालमा ३० बेड गरी ८० बेडको आइसोलेसन बेड तयार गर्ने निर्णय गरेको हो ।

कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न सक्ने औंल्याउँदै प्रदेश सरकारले आइसोलेसन बेड थप्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए ।

यस्तै रौतहटको गौर अस्पतालको मातहतमा रहने गरी गौर नरसिंह इनस्टिच्युटमा ३० बेड, पोखरिया अस्पताल पर्सामा २५ बेड, सप्तरीको भारदह अस्पतालमा ५० बेड, सर्लाहीको मलङ्गवा अस्पतालको मातहतमा रहने गरी अन्त अल्पमाई रामनारायण यादव नर्सिङ कलेजमा २५ बेड, सप्तरीको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजको मातहतमा रहने गरी साइकृष्ण मेडिकल हातामा ५० बेड र महोत्तरीको बर्दिवास अस्पतालमा ५० बेड थप गर्नेसमेत निर्णय गरेको उनले बताए ।

प्रदेश नं २ मा हाल ४४७ आइसोलेसन बेड छ । यीबाहेक ३०५ बेड थप्ने निर्णय प्रदेश सरकारले गरेको छ ।

यसअघि गत जेठ २ गते प्रदेश सरकारले लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताललाई ५० शय्या (बेड)को कोरोना विशेष अस्पताल सञ्चालन गर्ने निर्णय गरिसकेको छ । प्रदेश नं २ को आठवटै जिल्लामा कोरोना सङ्क्रमण पुष्टि भएपछि लहान अस्पताललाई प्रदेश नं २ को कोरोना विशेष अस्पतालका रूपमा सञ्चालन गर्ने तयारी शुरु गरिएको छ ।

७० जनाको स्वाब सङ्कलन

सिरहाका कोरोना सङ्क्रमित युवाको कन्ट्याक ट्रेसिङ आधारमा आज ७० जनाको स्वाब सङ्कलन गरिएको छ । सिरहाको सुखवानान्कारकट्टी गाउँपालिका–१ लतियाहीका ३० वर्षीय युवकमा गत जेठ ३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

चिकित्सकको टोलीले कोरोना सङ्क्रमित ती युवकका परिवारका सदस्य, साथीभाइ तथा कन्ट्याकमा आएका ७० जनाको आज स्वाब सङ्कलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख विष्णुदेव यादवले जानकारी दिए ।

यस्तै जिल्लाको भगवान्पुर, नवराजपुर र बरियारपट्टीलगायत स्थानको क्वारेन्टिनमा रहेका समेत गरी २१९ जनाको स्वाब सङ्कलन गरिएको प्रमुख यादवले बताए ।

कोरोना सङ्क्रमित युवकको सिरहाको धनगढीमाई नगरपालिकास्थित महेन्द्र गेनाई मेमोरियल अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । ती युवकमा कोरोना सङ्क्रमण भेएिपछि गाउँपालिकाको समन्वयमा प्रशासनले युवक गाउँ र त्यसआसपासको क्षेत्रलाई सिल गरेको थियो । साथै जिल्ला प्रशासन कार्यालय सिरहाले जिल्लामा अनिश्चितकालिन निषेधज्ञासमेत जारी गरी चारैतर्फको सीमा बन्द गरिएको छ ।

गत फागुन २८ गते मलेशियाबाट घर आएका ती युवकको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको स्वाब परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । यसैबीच विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिले सिरहाको एक मात्र कोरोना सङ्क्रमित ती युवकको गाउँको निरीक्षण गरेको छ ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  १२ : ३६ बजे

स्थानीयवासीको सहयोगमा प्रहरी भवन पुनर्निर्माण

कास्की– पोखरा महानगरपालिका गगनगौँडास्थित वडा प्रहरी कार्यालयको भवन स्थानीयवासीको सहयोगमा

चट्याङ लागेर जुम्लामा एक युवकको मृत्यु

जुम्ला– जुम्लामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ ।

पत्रकार खेम भण्डारी कञ्चनपुरबाट पक्राउ

कञ्चनपुर – कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। जिल्ला

मात्रा नमिलाई आँप खाँदा हुनसक्छ स्वास्थ्य समस्या

काठमाडौँ- यतिबेला बजारमा आँपको किनबेच निकै बढेको छ । वर्षायामको

रास्वपामा मनोनयनको सकस : ५१ पदका लागि रविसामु १०० भन्दा बढीको लिस्ट

काठमाडौँ- बुधबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकमा