नक्कली प्रेस कार्ड बोकेर चोरी गर्ने २ जना पक्राउ | Khabarhub Khabarhub

नक्कली प्रेस कार्ड बोकेर चोरी गर्ने २ जना पक्राउ


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नक्कली प्रेस कार्ड बनाएर चोरी गर्ने २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सनुसरीका २१ वर्षीय आश्रय रिमाल हिमाल, हम्मे भन्ने हिमाल रमाइली र बाराका २८ वर्षीय अलि आलम मिया छन् ।

लकडाउनका बेला राति तथा दिनको समयमा चोरीमा संलग्न पाइएपछि उनीहरुलाई पक्राउ गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका एसपी ईश्वर कार्कीले जानकारी दिए ।

महाशाखा र महानगरीय प्रहरी वृत्त, गौशालाबाट खटिएको संयुक्त टोलीले एरेर ५१ ब्वाइज होस्टलबाट चार वटा ल्यापटप र चाबहिलको भत्केको पुलस्थित डा. सुविनको मानन्धरको घरबाट म्याक बुक र एप्पलको आई प्याड चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा उनीहरुको संलग्नता भेटेको थियो ।

सीसीटीभी फुटेजको आधारमा अध्ययन गर्दा देखिएको एभेञ्जेर मोटरसाइकल रोकेर सोधपुछ गर्ने क्रममा उनीहरुले उम्कन एक टिभीको प्रेस कार्ड देखाएका थिए ।

त्यसक्रममा खनतलासी लिँदा उनीहरुको साथबाट विभिन्न ब्राण्डका ल्यापटप, क्यामरा, नगद ५३ हजार, ३०० डलर, २०० युआनसहित धारिलो हतियारसमेत फेला परेको कार्कीले बताए ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  १ : ५४ बजे

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले

सडकमा आयो सेना, उच्छृङ्खल गतिविधि भए खबर गर्न अनुरोध

काठमाडौँ – जेन-जी आन्दोलनले सरकारलाई बढारेपछि पनि मच्चिएको अराजकता नियन्त्रण

सशस्त्र प्रहरीले भन्यो – क्षति कम हुनेगरी परिचालित भयौँ, अब संयमता अपनाऔँ

काठमाडौँ – सशस्त्र प्रहरी बल नेपालले जेन-जी आन्दोलन क्रममा क्षति

एनसेलले दुई दिनका लागि कल, एसएमएस र इन्टरनेट निःशुल्क गर्‍यो

काठमाडौँ – टेलिकम सेवा प्रदायक एनसेलले दुई दिनका लागि भ्वाइस,

भक्तपुर कारागारबाट १४२ अपराधी र कैदी भागे

काठमाडौँ – भक्तपुर कारागारबाट १४२ जना अपराधी र कैदी भागेका