काठमाडौं– काठमाडौं महानगरपालिका-३० अन्तर्गत पर्ने मैतिदेवी क्षेत्रमा क्षेत्र सिल गरिएको छ ।
मैतिदेवी क्षेत्रका एक जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सो क्षेत्र सिल गरिएको हो । गते वैशाख ३० गते रामेछापबाट आएका दाजुभाइको पीसीआर परीक्षण गराउँदा एक जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।
वडा नं. ३० का वडाअध्यक्ष दलबहादुर कार्कीले भने, ‘मैतिदेवी मन्दिर र घट्टेकुलो चोकको प्रहरी बिटबाट उत्तरपूर्वको ५० मिटरको क्षेत्रलाई सिल गरिएको छ।’
उनले भने, ‘गत वैशाख ३० गते रामेछापबाट काठमाडौं आएका दाजूभाइको पीसीआर परीक्षण गर्दा १ जनामा कोरोनको संक्रमण पोजेटिभ देखिएको थियो, उहाँहरु बस्ने घर लगायत वरपरका सबै घरलाई सिल गरिएको छ। अब अन्यको पनि परीक्षणको तयारी भइरहेको छ।’
संक्रमित युवा अहिले अस्पतालमा भएपनि उनका एकजना भाइ भने कोठामै रहेका छन् । उनको पनि कोरोना परीक्षण गरिएको छ तर रिपोर्ट भने आइसकेको छैन ।
प्रतिक्रिया