कपिलवस्तुमा बुधबार कोरोना संक्रमण पुष्टि भएका सबै भारतबाट आएको खुल्यो « Khabarhub

कपिलवस्तुमा बुधबार कोरोना संक्रमण पुष्टि भएका सबै भारतबाट आएको खुल्यो


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कपिलवस्तुमा बुधबार कोरोना संक्रमण पुष्टि भएकाहरु हालै भारतबाट फर्किएकाहरु रहेको खुलेको छ ।

कोरोना संक्रमितमध्ये महाराजगञ्जका ९ जना एकै टोलका समेत रहेको खुलेको छ ।  त्यस्तै एक परिवारका तीन जनामध्ये आमा र दुई छोरी र अर्काे घरमा आमाछोरीलाई कोरोना संक्रमण भएको हो । उनीहरु सबै दुई साता अघि ट्रक र पैदल यात्रा गर्दै लकडाउनकै बीचमा मुम्बईबाट नेपाल आएका हुन् ।

महाराजगञ्ज नगरपालिकाका स्वास्थ्य संयोजक राधेश्याम जैसवालका अनुसार महाराजगञ्ज नगरपालिका-८ सिसवाका ७ जना र वडा नम्बर १ का दुईजना संक्रमित भेटिएका हुन् । ९ जनामध्ये २ बालक, २ बालिका, ४ महिला र एक पुरुष रहेका छन् । यस्तै विजयनगर गाउँपालिकाका तीन पुरुषमध्ये २ पुरुष एकै घरका दाजुभाइ हुन् ।

महाराजगञ्ज नगरपालिकाका मेयर अब्दुल कलामले संक्रमित ९ जना क्वारेन्टाइनमै रहेका बताए । उनीहरु सबैको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा आरटी-पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको हो । योसँगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  ८ : १६ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब