कपिलवस्तुमा सर्पले डसेर मृत्यु « Khabarhub

कपिलवस्तुमा सर्पले डसेर मृत्यु


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु- कपिलवस्तुको शिवपुरमा सर्पले डसेर एक युवकको ज्यान गएको छ ।

शिवराज नगरपालिका वडा १ बस्ने २० वर्षीय सोनु विकको गए राति सुतिरहेका बेला विषालु गोमनले डसेको वडा नं १ का वडाध्यक्ष जगत जिसीले जानकारी दिए ।

उनका अनुसार राति सर्पले डसेको हो, होइन भनी यकिन गर्दा धेरै समय लागेको र समयमा नै उपचार गराउन नसक्दा मृत्यु भएको हो ।

राति करीब १२ बजे सर्पदंश भए पनि बिहान मात्र उपचारका लागि गोरुसिंगेस्थित नेपाली सेनाले सञ्चालन गरेको उपचार केन्द्रमा पुर्‍याउँदा बाटामै मृत्यु भएको थियो ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  ८ : २२ बजे

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य