काठमाडौं उपत्यकामा हालसम्म कोरोना संक्रमितको संख्या १९ पुग्यो | Khabarhub Khabarhub

काठमाडौं उपत्यकामा हालसम्म कोरोना संक्रमितको संख्या १९ पुग्यो


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकामा हालसम्म कोरोना संक्रमितको संख्या १९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १२, भक्तपुरमा ५ र ललितपुरमा २ जना गरी काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या १९ पुगेको हो । जसमध्ये काठमाडौंका ५ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । अन्यको भने विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

काठमाडौंमा कोरोना संक्रमित बढ्दै गएसँगै सुरक्षा व्यवस्था कडा बनाइएको छ । कालीमाटी, मैतीदेवी लगायतका क्षेत्र सिल गरिएको छ ।

नेपालमा हालसम्म ४२७ जनामा कोरोना देखिएको छ । जसमध्ये ४५ निको भएका छन् भने दुई जनाको मृत्यु भएको छ ।

स्वास्थ मन्त्रालयका अनुसार हालसम्म मुलुकभर ३५,४९४ जनाको पीसीआर परीक्षण गरिएको छ भने ७५,०७२ जनाको आरडीटी विधिबाट कोरोना परीक्षण गरिएको छ ।

पीसीआर विधिबाट गरिएको परीक्षणमा ३५,०६७ जनामा कोरोना नदेखिएको जनाइएको छ । हालसम्म २३,२०२ जना क्वारेन्टाइनमा रहेको र
३८० जना आइसोलेसनमा रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  ९ : ४७ बजे

राष्ट्रपति पौडेलले आज विश्व शिखर सम्मेलनलाई सम्बोधन गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले आज ‘सामाजिक विकासका लागि दोस्रो

काँकरभिट्टाबाट तीन अर्ब ३६ करोड बराबरको कृषिजन्यवस्तु निर्यात

झापा– प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट

१६ वर्षपछि कालीगण्डकी बेसीनमा दुर्लभ पन्छी चिरकालिज १८ जोडी भेटिए

म्याग्दी- कालीगण्डकी नदी आसपासको उच्च पहाडी क्षेत्रमा दुर्लभ पन्छी चिरकालिजको

कनकाईमा एमालेले बनायो सुरक्षा दस्ता

झापा – झापाको कनकाईमा ५५ सदस्यीय नगरस्तरीय सुरक्षा दस्ता गठन

सकारात्मक ‘वर्ड अफ माउथ’का कारण हलले बढाए ‘परान’को शो

काठमाडौं – दर्शकबाट सकारात्मक ‘वर्ड अफ माउथ’ पाएका कारण हलहरुले