प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले लेखे- सिंगो नेपाल र नेपालीजन मनिषाकाे साथमा « Khabarhub

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले लेखे- सिंगो नेपाल र नेपालीजन मनिषाकाे साथमा


८ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको नयाँ नक्सा जारी गरेको समर्थमा ट्वीट गरेपछि अभिनेत्री मनिषा कोइरालाका विषयमा विभिन्न तर्कहरु आइरहेका छन् । भारतीय मिडियाहरुले खेदो खनिरहेका बेला नेपालीहरुले उनको साथ र समर्थन रहने जनाएका छ्न् ।

उनले गरेको ट्वीटलाई लिएर नेपालीहरुले मनिषाको उच्च प्रसंशा गरेका छन् । नेपालमा मनिषाको समर्थन भइरहँदा भारतीय ट्वीटर प्रयोगकर्तादेखि सञ्चारमाध्यमले उनीविरुद्ध विरोध जनाइरहेका छन् ।

मन्त्रिपरिषद्ले नेपालको नयाँ नक्सा स्वीकृत गरेसँगै कोइरालाले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई आवश्यक कदम उठाएकोमा धन्यवाद व्यक्त गरेकी थिइन्।

उनले लेखेकी छिन्, ‘हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद । अब हामी तीन महान देशहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौं ।’

यस विषयमा भारतका साना देखि ठूला मिडियाहरुले त्यसको प्रतिरोध गरिरहेका छन् । कतिपय मिडियाहरु त चीनको इशारामा मनिषाले उक्त ट्वीट गरेको दाबी गरेको आरोप समेत लगाउँछन् ।

मनिषाको उक्त भनाइपछि सञ्चार माध्यममा मात्र होइन सामाजिक सञ्जालमा समेत जाइलागेका छन् । त्यतिमात्र नभएर मंगलवार संसदमा सम्बोधनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट आएको कोरोना भाइरस कडा भयो भन्ने प्रशंगमा पनि भारतीय मिडियाहरुले खण्डन गर्न थालेका छन् ।

मन्त्री ज्ञवालीले ‘लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभाग समेट्दै ७ प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहको प्रशासनिक विभाजन खुल्ने गरी नेपालको नक्सा प्रकाशित गर्ने मन्त्रिपरिषदको निर्णय।’ भन्दै ट्वीट गरेका थिए। सोही ट्वीटलाई रिट्वीट गर्दै मनिषाले लेखेकी थिइन्,’हाम्रो सानो राष्ट्रको गरिमा बढाएकोमा धन्यवाद। अब तीन महान देशबीच शान्तिपूर्ण र सम्मानजनक वार्ताको आशा गर्दछु।’

भारतीय टिभी च्यानल एबीपी न्यूजले त उनको ट्वीटलाई नै लिएर समाचार बनायो। जसमा लेखियो – भारतको नुन खाएर चीनको गीत गाउने ? यस विषयमा मनिषाले हालसम्म कुनै किसिमक प्रतिक्रिया जनाएकी छैनन्।

भारतीय मिडियाहरुले विरोध जनाए पनि नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले भने मनिषाको उच्च प्रशंसा गरेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मनिषाा कोरइरालाको साथमा भन्दै लेखेका छन् –

कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएकाे नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा प्रकाशनकाे निर्णयका निम्ति नेपाल सरकारलाई धन्यवाद दिदैं ट्वीट् गर्नुभएकी विख्यात नायिका मनिषा काेइरालाकाे भर्त्सना गर्ने भारतीय संचार जगतकाे रवैया खेदजनक छ ।

वलिउडकी स्थापित अभिनेत्रीले आफ्नो देशकाे राजनीतिक नक्सा प्रकाशित हुँदा खुशी र हर्षका साथ वास्तवमा आफ्नाे सरकारलाई धन्यवाद दिनु शतप्रतिशत सही काम हाे ।

भारतीय संचार माध्यम दुष्प्रचार, एकाेहाेराे खेदाइ र अतिरञ्जित सम्रेषणका लागि आफै विश्वस्तरमै बदनाम छन्, यसपटक फेरि एकपटक स्वयं उदाङ्गाे भएकाे अवस्था मात्रै हाे । तिनले विनासकारी भूकम्पका बेला नेपालकाे हुर्मत लिएर गरेकाे दुष्प्रचार नेपालीहरूले अझै बिर्सन सकेकाे पाइँदैन । यसखालकाे राेइलाे प्रदर्शन नानीदेखि लागेकाे त्यस बानीकै नयाँ संस्करण मात्र हाे ।

आफ्नाे मातृभूमिकाे हक, हित र अधिकार अनि स्वाभिमानकाे पक्षमा उभिएर मनिषाजीले गरेकाे याे उल्लेखनीय सद्कर्म, राष्ट्रसेवा र देशभक्तिकाे अभिव्यक्ति हाे । भारतीय सिने क्षेत्रमा उहाँले आफ्नाे सिंगाे याेग्यता र उर्वर जीवन लगानी गरेर हासिल गरेकाे लाेकप्रियता र ख्याती सामान्य छैन ।

अहिलेकाे उहाँकाे बाेली त्यही उचाइ सुहाउँदाे, शिष्ट र सचेत छ । सिङ्गाे नेपाल र नेपालीजन मनिषाकाे साथमा छन् ।

पूर्व प्रधानमन्त्री बीपी काेइरालाकी नातिनी रहनुकाे नाताले पनि मनिषाले आफ्नाे सचेत, जागृत र राष्ट्रप्रतिकाे माया ममतालाई अटुट र अक्षुण राख्नै पर्दथ्याे ! क्या बात !
धन्यवाद ।

भारतले गत नोभेम्बरमा कालापानी क्षेत्र समेटेर नक्सा जारी गरेको थियो। त्यस समयदेखि विवाद सिर्जना भएको थियो। कोरोना भाइरस संक्रमणको महामारीबीच भारतले लिपुलेकमा आफ्नो सडक उद्घाटन गरेपछि विवाद झनै चर्किएको हो ।

प्रकाशित मिति : ८ जेठ २०७७, बिहीबार  ७ : ०० बजे

सिनामङ्गलबाट साढे तीन मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन

काठमाडौं- ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित ६८८औँ हप्तामा

ब्राउन सुगरसहित एक जना पक्राउ

झापा– झापाको बिर्तामोडबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एक जना

मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

जनकपुरधाम– यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब

विष्णु पौडेलको रिहापछि अदालतप्रति रास्वपा सांसद यज्ञमणिको आक्रोश– ‘निर्मम समीक्षा गर्ने बेला भयो’

काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष

वीरगन्ज भन्सारद्वारा साढे दुई खर्ब राजस्व सङ्कलन

काठमाडौँ– वीरगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष (आव) २०८२–८३ मा