प्रदेश २ को प्रादेशिक क्वारेन्टिन १४ दिनका लागि सिल « Khabarhub

प्रदेश २ को प्रादेशिक क्वारेन्टिन १४ दिनका लागि सिल


८ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा – प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरधाम नजिक बनाइएको प्रादेशिक क्वारेन्टिनलाई बुधबारदेखि सिल गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाको छिमेकी नगराइन नगरपालिका वडा नं ५ गङ्गुलीमा सञ्चालित प्रादेशिक क्वारेन्टिनलाई बन्द गरिएको हो ।

उक्त क्वारेन्टिनमा बसेका कोरोना शंकास्पदमध्ये पटकपटक गरेर पाँच व्यक्तिमा कोरोनाको सङ्क्रमण देखा परेपछि १४ दिनका लागि बन्द गर्ने निर्णय गरेको जिल्ला सङ्कट व्यवस्थापन समितिले जनाएको छ ।

नेपाली सेनाको रेखदेख तथा प्रदेश नं २ सरकारले सञ्चालन गरेको उक्त क्वारेन्टिनमा शुरुका दिनबाटै प्रदेश नं २ का विभिन्न जिल्लाका कोरोनाका आशंकित व्यक्तिलाई राख्ने काम हुँदै आएको छ।

अहिले पनि क्वारेन्टिमा धनुषा, महोत्तरी तथा भारतीय गरेर ८१ जना  रहेको क्वारेन्टिनका इञ्चार्ज सन्तोषकुमार ठाकुरले जानकारी दिए ।

अब क्वारेन्टिनमा भएका सबैको स्वाब सङ्कलन गरी पीसीआर  परीक्षण गरेर हालका सबैलाई खाली गरिने र पुनः स्यानिटाइज गरी सञ्चालन गरिने इञ्चार्ज ठाकुरले बताए ।

प्रकाशित मिति : ८ जेठ २०७७, बिहीबार  ८ : २२ बजे

सिनामङ्गलबाट साढे तीन मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन

काठमाडौं- ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित ६८८औँ हप्तामा

ब्राउन सुगरसहित एक जना पक्राउ

झापा– झापाको बिर्तामोडबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एक जना

मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

जनकपुरधाम– यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब

विष्णु पौडेलको रिहापछि अदालतप्रति रास्वपा सांसद यज्ञमणिको आक्रोश– ‘निर्मम समीक्षा गर्ने बेला भयो’

काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष

वीरगन्ज भन्सारद्वारा साढे दुई खर्ब राजस्व सङ्कलन

काठमाडौँ– वीरगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष (आव) २०८२–८३ मा