यी हुन् विश्वकै सबैभन्दा फोहारी व्यक्ति, जसले ६० वर्षदेखि नुहाएका छैनन् « Khabarhub

यी हुन् विश्वकै सबैभन्दा फोहारी व्यक्ति, जसले ६० वर्षदेखि नुहाएका छैनन्


८ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कुनैपनि व्यक्ति जसले ६० बर्ष देखि ननुहाई बसेका छन् भन्ने सुन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ ।

तर, विश्वमा यस्ता व्यक्ति भेटिएका छन् जो ६० बर्ष देखि ननुहाई बसेका छन् । यो प्रसङ्ग इरानको हो । सामाचार माध्यमहरुमा जनाईएअनुसार, इरानका ८० वर्षीय अमो हाजीले ६० वर्षयता नुहाएका छैनन् ।

त्यही ६० वर्षदेखि ननुहाएर उनि विश्वकै सवैभन्दा फोहरी व्यक्ति बनेका छन् । अमो हाजी अजिव तरिकाले जीवन व्यतीत गरिरहेका छन् । २० वर्षको हुँदा नुहाउन छाडेका उनले ६० वर्षदेखि शरीरमा एक थोपा पनि पानी पर्न दिएका छैनन् । नुहाएमा आफू विरामी पर्ने उनको दावी छ ।

उनी आफ्नो खाना र पिउने पानी पनि कहिल्यै सफा राख्दैनन् । उनी जनावरका सडेगलेका मासु खाने गर्छन् भने पानी पनि फोहर नै पिउँछन् । जब उनको कपाल लामो हुन्छ उनी काट्नुको साटो जलाउँछन् । उनको शरीरमा बश्त्र पनि कहिल्यै सफा हुँदैन । चिसोबाट बच्न भने उनी हेलमेट लगाउँछन् । तर, पनि उनलाई आफ्नो अनुहार सुन्दर लाग्छ ।

३८ वर्षसम्म ननुहाएर विश्वमा सवैभन्दा लामो समयसम्म ननुहाएको कीर्तिमान भारतका ६६ वर्षका कैलाश सिंहको नाममा छ । तर, कैलाशको कीर्तिमान आफूले धेरै अघि तोडेको हाजीको दावी छ ।

प्रकाशित मिति : ८ जेठ २०७७, बिहीबार  ११ : ५५ बजे

त्रिशूली–३ ‘ए’ सुरुङबाट एक जनाको जीवितै उद्धार

रसुवा- भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये

ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

सर्लाही– सर्लाहीको बलरामा व्यवस्थित नहरको अभावमा ठूलो धनराशि खर्च गरेर

तीज कार्यक्रम स्थगन : बाढी प्रभावितलाई सहयोग

गण्डकी– रसुवाको भोटेकोशी नदीमा गत साता गएको विनाशकारी बाढीले मुलुक

एक वर्षअघिको खबरदारी, वर्तमानको विपत्ति

लेखकको उद्देश्य केवल सरकार र सरोकारवाला निकायलाई सचेत गराउनु मात्र

भोटेकोशी बाढी : ९२६ शवको व्यवस्थापन, १८ सय ६२ जनाको डीएनए सङ्कलन

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको