संक्रमितको मृत्यु पुष्टि गर्दै प्रदेश ५ का सामाजिक विकास मन्त्रीले भने- बचाउन सकिएन « Khabarhub

संक्रमितको मृत्यु पुष्टि गर्दै प्रदेश ५ का सामाजिक विकास मन्त्रीले भने- बचाउन सकिएन


८ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले गुल्मीका ४१ वर्षीया पुरुषको मृत्यु भएको पुष्टि गरेको छ ।

प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले विज्ञप्ति निकाल्दै क्रिमसन अस्पतालमा उपचारत गुल्मीका ४१ वर्षीया कोरोना संक्रमितको बिहीबार बिहान मृत्यु भएको जानकारी दिएका हुन् ।

विज्ञप्तिमा मन्त्री बरालले अनेक प्रयास गर्दा पनि बचाउन नसकिएको बताएका छन् ।

मन्त्री बरालले जारी गरेको विज्ञप्तिमा मृतक ४१ वर्षीय पुरुष देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक समेत रहेको जनाइएको छ ।

यसअघि कोरोना संक्रमितको तथ्यांक र मृत्युको घटनाका विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधिकारिक तथ्यांक सार्वजनिक गर्ने गरेको थियो । तर गुल्मीका कोरोना संक्रमित पुरुषको मृत्यु भएको ५ घण्टा बितिसक्दा पनि स्वास्थ्य मन्त्रालयले कुनै जानकारी सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति : ८ जेठ २०७७, बिहीबार  १२ : ४० बजे

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट– यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा खाद्यान्न लिनका

संसद् भवनमा इन्टरनेट बिग्रिँदा प्रतिनिधिसभाको लाइभ प्रभावित

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा समसामयिक विषयमा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका

अनुमति बिना स्टिकरको प्रयोग निषेध

चितवन– प्रहरीको अनुमति बेगर सार्वजनिक तथा निजी सवारीसाधनलाई कालो स्टिकरको

राजनीतिक दलको संलग्नता भए रेडक्रसबाट अलग हुनुहोस् : नेपाल रेडक्रस सोसाइटी

काठमाडौं– नेपाल रेडक्रस सोसाइटी (नेरेसो) ले कुनै पनि तहको समितिका

साउन १ गतेबाट ‘ब्लू बस’ सेवा सञ्चालनको तयारी

काठमाडौं– आगामी साउन १ गतेबाट काठमाडौँ उपत्यकामा पहिलो चरणमा आठ