कोरोना संक्रमण : नेपालमा ३ को मृत्यु ४५३ संक्रमित, कुन जिल्लामा कति (सूचीसहित) | Khabarhub Khabarhub

कोरोना संक्रमण : नेपालमा ३ को मृत्यु ४५३ संक्रमित, कुन जिल्लामा कति (सूचीसहित)


८ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ३ जनाको ज्यान गएको छ । सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँकेका २५ वर्षीय पुरुष र गुल्मीका ४१ वर्षीय पुरुषले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

त्यस्तै आजसम्म ४५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आजैमात्र थप २६ जनामा संक्रमण पुष्टि भएको छ । अहिलेसम्म ४९ जना उपचारपछि निको भएका छन् । ४०१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

नेपालका कुल ७७ वटा जिल्ला मध्ये ३८ वटा जिल्लामा कोरोना संक्रमण फैलिएको छ । ४ महिनाको अवधिमा सातै वटा प्रदेशमा कोरोना संक्रमणको प्रकोप फैलिएको छ ।

नेपालमा सबैभन्दा धेरै बाँकेमा ९९ जनामा संक्रमण पुष्टि भएको छ । एक जनाको ज्यान गएको छ । त्यस्तै पर्सामा ९१ जनामा संक्रमण पुष्टि भएको छ ।

नेपालका कुन जिल्लामा कति संक्रमित छन् ? यो सूची हेर्नुहोस्

१. बाँके – ९९ संक्रमित, १ को मृत्यु
२. पर्सा ९१
३. कपिलवस्तु ५९
४. उदयपुर ३३
५. रुपन्देही २९
६. काठमाडौं १२
७. कैलाली ४
८. बारा ४
९. रौतहट २२
१०. धनुषा ८
११. वाग्लुङ्ग २
१२. चितवन ३
१३. झापा ३५
१४. सर्लाही ५
१५. महोत्तरी ३
१६. भक्तपुर ३
१७. बर्दिया २
१८. नवलपरासी (पश्चिम) ३
१९. कंचनपुर १
२०. भोजपुर १
२१. सप्तरी १
२२. नवलपरासी (पूर्वि) १
२३. धादिङ २
२४. मकवानपुर २
२५. सिरहा १
२६. दाङ ४
२७. काभ्रेपलान्चोक १
२८. सिन्धुपाल्चोक १, संक्रमितको मृत्यु
२९. धनकुटा ७
३०. मोरङ ४
३१. गुल्मी १, संक्रमितको मृत्यु
३२. सुनसरी ३
३३. दैलेख १
३४. खोटाङ्ग १
३५. ललितपुर १
३६. लमजुङ १
३७. सिधुली १
३८. रामेछाप १
जम्मा-४५३

नेपालमा देखिएको पहिलो केसको स्वाब परीक्ष्णका लागि हङकङ पठाइएकोमा अहिले भने स्वास्थ्य सामग्रीहरु ल्याइएपछि नेपालमै परीक्षण हुन थालेको छ।

संक्रमणको दर बढ्न थालेपछि सबै जिल्लामा उच्च सतर्कता अपनाइएको छ । आवतजावतमा कडाइ गरिएको छ भने अत्यावश्यक बाहेकका काममा घरबाट बाहिर निस्कन पनि कडाइँ गरिएको छ ।

प्रकाशित मिति : ८ जेठ २०७७, बिहीबार  २ : ०८ बजे

हमासको आक्रमणमा तीन इजरायली सेना मारिए, वार्ता निश्कर्षविहीन

काठमाडौं– प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणमा परी तीन इजरायली सेना

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं– बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ

बाँकेमा पाँच हजार हेक्टर वन क्षेत्रमा डढेलो, १०५ आगलागीका घटना

नेपालगञ्ज– बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार

इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका

एस्टन भिल्लामाथि ब्राइटनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको