थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो « Khabarhub

थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो


८ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमित पुष्टि हुने रुपन्देहीका २७ वर्षीय पुरुष, झापामा ८ जना पुरुषहरु क्रमश १७, १८, १८, २०, २० र २३, ५२ र ५५ वर्षका रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए ।

प्रवक्ता डा देवकोटाका अनुसार रुपन्देहीका पुरुष श्रीलंकन गेस्ट हाउस लुम्विनीको क्वारेन्टाइन र झापाका ८ जना लक्ष्मी देवकोटा मामिको क्वारेन्टाइमा रहेका व्यक्तिहरु हुन् ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५३ जना पुगेको छ । जसमध्ये ३ सय ८३ जना पुरुष र ७० जना महिला छन् । सबै संक्रमतिको स्वास्थ्य अवस्था सामान्य रहेको डा विकास देवकोटाले बताए ।

प्रवक्ता डा देवकोटाका अनुसार हालसम्म पीसीआर विधिबाट ३८ हजार ७ सय ३६ वटा नमूना परीक्षण गरिएको छ । गत २४ घण्टामा मात्र ३ हजार ४ सय १३ वटा नमूना पीसीआर विधिबाट परीक्षण गरिएको प्रवक्ता डा देवकोटाको भनाइ छ ।

प्रवक्ता डा देवकोटाका अनुसार देशभरका क्वारेन्टाइनमा २५ हजार ३० जना क्वारेन्टाइनमा रहेका छन् ।

आजै कोरोना संक्रमित ४ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार शुक्रराज अस्पतालबाट डिस्चार्ज हुनेहरुमा २ जना महिला र २ जना पुरुष रहेका छन् ।

उनका अनुसार २३ र २५ वर्षीया महिला र २७ र ३७ वर्षीय पुरुष उपचारपछि निको भएका हुन् । उनीहरु ४ जना नै आइसोलेसनमा भर्ना भएको ९ दिनमा अस्पतालबाट डिस्चार्ज भएका हुन् । आज ४ जना निको हुँदा कोरोना संक्रमित ४९ जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ८ जेठ २०७७, बिहीबार  ४ : ५५ बजे

मन्त्रिपरिषदको बैठक जारी

काठमाडौं- मन्त्रिपरिषद्को नियमित बैठक जारी छ । मन्त्रिपरिषद्को नियमित बैठक

भारतसँग रणनीतिक साझेदारी र आर्थिक सहकार्य विस्तारमा जापानको जोड

नयाँदिल्ली- जापानकी प्रधानमन्त्री साने ताकाइचीले भारतसँगको रणनीतिक साझेदारी, आर्थिक सुरक्षा, लगानी

निधि निवासमा कांग्रेसका तीन नेता छलफलमा

काठमाडौं- नेपाली कांग्रेसमा चुलिँदो तनावबीच तीन नेताहरु एक ठाउँमा भेला

‘सम्पत्ति शुद्धीकरण निवारण तेस्रो संशोधन विधेयक, २०८३’ पारित

काठमाडौं– ‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३

सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३  पारित

काठमाडौं– प्रतिनिधिसभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३  पारित भएको