दाङका थप एक जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमित ४५४ पुगे | Khabarhub Khabarhub

दाङका थप एक जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमित ४५४ पुगे


८ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विहीबार साँझ नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा दाङका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमित व्यक्ति दाङको घोराही-३ का ३७ वर्षीया पुरुष हुन् । उनी भारतबाट आएर क्वारेन्टाइनमा रहेका व्यक्ति भएको सहप्रवक्ता अधिकारीले बताए ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमित मध्ये तीन जनाको मृत्यु भएको छ भने ४९ जना निको भएर घर फर्किएका छन्  । हालसम्म ३८ जिल्लामा कोरोनाको संक्रमण फैलिएको छ ।

नेपालका कुन जिल्लामा कति संक्रमित छन् ? यो सूची हेर्नुहोस्

१. बाँके – ९९ संक्रमित, १ को मृत्यु
२. पर्सा ९१
३. कपिलवस्तु ५९
४. उदयपुर ३३
५. रुपन्देही २९
६. काठमाडौं १२
७. कैलाली ४
८. बारा ४
९. रौतहट २२
१०. धनुषा ८
११. वाग्लुङ्ग २
१२. चितवन ३
१३. झापा ३५
१४. सर्लाही ५
१५. महोत्तरी ३
१६. भक्तपुर ३
१७. बर्दिया २
१८. नवलपरासी (पश्चिम) ३
१९. कंचनपुर १
२०. भोजपुर १
२१. सप्तरी १
२२. नवलपरासी (पूर्वि) १
२३. धादिङ २
२४. मकवानपुर २
२५. सिरहा १
२६. दाङ ५
२७. काभ्रेपलान्चोक १
२८. सिन्धुपाल्चोक १, संक्रमितको मृत्यु
२९. धनकुटा ७
३०. मोरङ ४
३१. गुल्मी १, संक्रमितको मृत्यु
३२. सुनसरी ३
३३. दैलेख १
३४. खोटाङ्ग १
३५. ललितपुर १
३६. लमजुङ १
३७. सिधुली १
३८. रामेछाप १
जम्मा-४५४

प्रकाशित मिति : ८ जेठ २०७७, बिहीबार  ७ : ५९ बजे

बैतडीमा खुकुरी प्रहारबाट दुई महिला घाइते

बैतडी– बैतडीमा स्थानीय युवाद्वारा गरिएको खुकुरी प्रहारबाट दुई जना महिला

स्रोत नखुलेको रकमसहित ४ जना पक्राउ

काठमाडौं– रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१२ बाट स्रोत नखुलेको नगद ८ लाख

हिमाली क्षेत्रले जलवायु परिवर्तनका असर भोग्नु परिरहेको छ : वनमन्त्री शाही

काठमाडौं–  वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले हिन्दुकुश हिमालय क्षेत्रका

जलवायु अनुकूलनका लागि डिजिटल सारक्षरतामा जोड

काठमाडौं– सरोकारवालाहरूले जलवायु अनुकुलनका लागि डिजिटल सारक्षरतामा जोड दिएका छन्

‘लेख्ने एउटा गर्ने अर्को’ परम्पराबाट मूक्त हुन अर्थमन्त्रीलाई योगेश भट्टराईको २४ बुँदे सुझाव

काठमाडौं– अर्थमन्त्री विष्णु पौडेलले आ व २०८२–८३ का लागि संसदमा