आज शनि जयन्ती, शनिको साढेसाती बच्ने ७ महाउपाय | Khabarhub Khabarhub

आज शनि जयन्ती, शनिको साढेसाती बच्ने ७ महाउपाय


९ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज शुक्रबार शनिको बिशेष दिनका रुपमा मानिने शनि जयन्ती परेको छ ।

यस दिन शनिलाई प्रसन्न पार्न सकेमा शनिको दोष निवारण हुने र शनि प्रसन्न भई संकटमुक्त भइने धार्मिक मान्यता छ ।

तसर्थ शनि जयन्तीका दिन शनिको उपासना एवम् बिभिन्न उपायका काम गर्नुपर्दछ । यस पटकको शनि जयन्तीका दिन विशेषतः निम्न राशीका ब्यक्ति माथि शनिको बक्रदृष्ट्रि रहेको छ ।

शनिको साढेसाती – धनु, मकर र कुम्भ
शनिको अढैय्या – मिथुन र तुला

शनिको पौराणिक मन्त्र

ऊँ ह्रिं नीलांजनसमाभासं रविपुत्रं यमाग्रजम ।
छाया मार्तण्डसम्भूतं तं नमामि शनैश्चरम् ।।

शनिको वैदिक मन्त्र

ऊँ शन्नोदेवीर – भिष्टयऽआपो भवन्तु पीतये शंय्योरभिस्त्रवन्तुनः ।

शनिको तान्त्रिक मन्त्र

ऊँ प्रां प्रीं प्रौं सः शनैश्चराय नमः ।

शनिको मुख्य मन्त्र

ॐ प्रां प्रीं प्रौं सः शनैश्चराय नमः ।

शनिको सामान्य मन्त्र

ॐ शं शनैश्चराय नमः ।

शनि गायत्री मन्त्र
ऊँ भगभवाय विद्महैं मृत्युरुपाय धीमहि तन्नो शनिः प्रचोद्यात् ।

यदि कुनै ब्यक्तिमा शनिको नकारात्मक प्रभाव परेको छ अथवा शनिदोष छ । त्यस्तै शनिको बक्र दृष्ट्रिबाट बच्नु छ भने आज शनि जयन्तीका दिन यी ७ महाउपाय गर्नुहोस् ।
– हनुमानजीको उपासना गर्नुहोस् ।
– गरीबलाई दान गर्नुहोस् ।
– शनिवारका दिन अर्थात भोली शनिदेवलाई तेल चढाउनुहोस् ।
– कालो दाल दान गर्नुहोस् ।
– ब्राम्हणलाई भोजन गराउनुहोस् ।
– पीपलको बोट मुनि संध्याकालमा तेलको दियो बाल्नुहोस् ।
– कालो कुकुरलाई घ्युमा बनेको रोटि खुवाउनुहोस् ।

प्रकाशित मिति : ९ जेठ २०७७, शुक्रबार  १० : २५ बजे

जेन-जी आपसी विवादमा, सडकमा ओर्लिए दलका कार्यकर्ता

काठमाडौँ- जेन-जी युवाहरूबीच अन्तरिम सरकारको नेतृत्वलाई लिएर विवाद बढ्न थालेपछि

अन्तरिम सरकार गठन तयारीबीच राष्ट्रपति र सभामुखबीच वार्ता 

काठमाडौँ- केपी शर्मा ओली नेतृत्वको दुईतिहाइको सरकारको अकल्पनीय पतनपछि देशलाई

शीतलनिवासमै सुरक्षित छन् राष्ट्रपति, शुक्रबार बिहानसम्म सुशीला कार्की प्रधानमन्त्री बन्ने दाबी

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा संविधानविदहरुसँग पछिल्लो राजनीतिक संकटबारे

चल्न छाडे राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयका वेबसाइट

काठमाडौँ- जेन-जी पुस्ताको आन्दोलन भएको दुई दिन बितिसक्दा पनि देशमा

सांसद माधव सापकोटा भन्छन् : जंगीअड्डाले प्रचण्डलाई बोल्न दिएन, राष्ट्रिय संकट निम्त्याउँदैछ

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटा सुवोधले