आज शनि जयन्ती, शनिको साढेसाती बच्ने ७ महाउपाय « Khabarhub

आज शनि जयन्ती, शनिको साढेसाती बच्ने ७ महाउपाय


९ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज शुक्रबार शनिको बिशेष दिनका रुपमा मानिने शनि जयन्ती परेको छ ।

यस दिन शनिलाई प्रसन्न पार्न सकेमा शनिको दोष निवारण हुने र शनि प्रसन्न भई संकटमुक्त भइने धार्मिक मान्यता छ ।

तसर्थ शनि जयन्तीका दिन शनिको उपासना एवम् बिभिन्न उपायका काम गर्नुपर्दछ । यस पटकको शनि जयन्तीका दिन विशेषतः निम्न राशीका ब्यक्ति माथि शनिको बक्रदृष्ट्रि रहेको छ ।

शनिको साढेसाती – धनु, मकर र कुम्भ
शनिको अढैय्या – मिथुन र तुला

शनिको पौराणिक मन्त्र

ऊँ ह्रिं नीलांजनसमाभासं रविपुत्रं यमाग्रजम ।
छाया मार्तण्डसम्भूतं तं नमामि शनैश्चरम् ।।

शनिको वैदिक मन्त्र

ऊँ शन्नोदेवीर – भिष्टयऽआपो भवन्तु पीतये शंय्योरभिस्त्रवन्तुनः ।

शनिको तान्त्रिक मन्त्र

ऊँ प्रां प्रीं प्रौं सः शनैश्चराय नमः ।

शनिको मुख्य मन्त्र

ॐ प्रां प्रीं प्रौं सः शनैश्चराय नमः ।

शनिको सामान्य मन्त्र

ॐ शं शनैश्चराय नमः ।

शनि गायत्री मन्त्र
ऊँ भगभवाय विद्महैं मृत्युरुपाय धीमहि तन्नो शनिः प्रचोद्यात् ।

यदि कुनै ब्यक्तिमा शनिको नकारात्मक प्रभाव परेको छ अथवा शनिदोष छ । त्यस्तै शनिको बक्र दृष्ट्रिबाट बच्नु छ भने आज शनि जयन्तीका दिन यी ७ महाउपाय गर्नुहोस् ।
– हनुमानजीको उपासना गर्नुहोस् ।
– गरीबलाई दान गर्नुहोस् ।
– शनिवारका दिन अर्थात भोली शनिदेवलाई तेल चढाउनुहोस् ।
– कालो दाल दान गर्नुहोस् ।
– ब्राम्हणलाई भोजन गराउनुहोस् ।
– पीपलको बोट मुनि संध्याकालमा तेलको दियो बाल्नुहोस् ।
– कालो कुकुरलाई घ्युमा बनेको रोटि खुवाउनुहोस् ।

प्रकाशित मिति : ९ जेठ २०७७, शुक्रबार  १० : २५ बजे

रास्वपाकै सांसद भन्छन् : ग्यास अभावले बजारमा मुख देखाएर हिँड्नै गाह्रो भयो, सरकार कहाँ छ ?

काठमाडौं- एक महिनायता बजारमा ग्यासको हाहाकार भइरहेका बेला राष्ट्रिय स्वतन्त्र

रास्वपा सांसद्‍को माग : राहत कोष तत्काल परिचालन गरी अस्थायी आवास देऊ

काठमाडौं– रास्वपा सांसद क्रान्तिशिखा धितालले राहत कोषमा जम्मा भएको सहयोग

बासनाको टिप्पणी : बाढीको दुई हप्ता बित्दा पनि उद्धारकार्यले गति लिएन, सरकार गम्भीर बनोस्

काठमाडौं– नेपाली कांग्रेसले खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण

पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन

काठमाडौं- सरकारले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि देशभरबाट सुझाव तथा पृष्ठपोषण

विपद्मा पर्छ गम्भीर मानसिक असर ?, चिकित्सक भन्छन्- पीडित र उद्धारमा खटिने दुवैको समस्या बराबर हुन्छ

काठमाडौं–  गत भदौ १० गते भोटेकोसीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा