बजारमा आयो अनौठो मास्क, नखोली खान मिल्ने « Khabarhub

बजारमा आयो अनौठो मास्क, नखोली खान मिल्ने


९ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरसको संक्रमणका कारण विश्भर यसको त्रास फैलिएको छ । जसका कारण यसको संक्रमणबाट बच्न मानिसहरु अनेकौं उपायहरु गरिरहेका छन् ।

हरेक दिन नयाँ नयाँ अनुसन्धान हुने गर्दछ । तर अहिलेसम्म यसबाट बच्न कुनै पनि भरपर्दाे विकल्प बनेको छैन । त्यसैले मानिसहरु सामाजिक दुरीमा रहने र मुखमा मास्क लगाउने उपाय अपनाएर कोरोनाको संक्रमण हुनबाट बचिरहेका छन् ।

तर मास्कको प्रयोगले भाइरसको संक्रमणबाट त बच्न सकिन्छ तर यसका कारण केहि कठिनाईको सामना भने गर्नुपर्ने हुन्छ । जस्तोः खाना खादा वा केहि पिउँदा मुखको मास्क पुरा खोल्नु पर्ने हुन्छ । र त्यसबेला कोरोनाको संक्रमण हुने खतरा हुने गर्दछ । तर अब यस समस्याको समाधान समेत भइसकेको छ ।

खासमा इजरायलमा कोरोनाको महामारीबाट बच्न प्रयोग गरिने मास्क एक खास तरीकाले डिजाइन गरिएको छ जसले खाना खादाँ मास्कलाई मुखबाट हटाउनु पर्ने झण्झट हुदैन ।

यो मास्क लगाउँदा मुखको सामुन्नेमा एक प्वाल हुन्छ । जहाँ सेन्सर जडान गरिएको हुन्छ । त्यो प्वाल चम्चा आउनासाथ आफै खुल्दछ । र खाना खान सजिलै चम्चा मुखमा लान सकिन्छ । यसमा भएको सेन्सरका कारण मास्क खोल्न हातको प्रयोग गर्नुपर्दैन यो अटोमेटिक खुल्ने गर्दछ ।

इजरायलमा बनेको यो मास्कको तस्वीर अहिले सामाजिक सञ्जालमा निकै भाइरल छ । यस मास्कको डिजाइनलाई स्रहाना गर्दै धेरैले रुचाएका पनि छन् र यसको माग बढेको छ । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ९ जेठ २०७७, शुक्रबार  १० : ३० बजे

कात्तिक २० मा ‘डल्लेले इन्ट्री मार्‍यो’

काठमाडौं– अभिनेता ‘सागर लम्साल ‘बले’ को डेब्यु चलचित्र ‘डल्लेले इन्ट्री

चीनियाँ सहयोग र सीमा नाका सञ्चालनबारे छलफल

काठमाडौं– पूर्वाधार विकासमन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत

धौलीगङ्गा जलविद्युतका बाँध खोलिँदै, महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

बैतडी– भारतको उत्तराखण्ड प्रदेशको पिढौरागढस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः

चितवनको कुरिनटारमा रोकिएका मालवाहक सवारी

काठमाडौं– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि चितवनको कुरिनटारमा मालवाहक सवारी रोकिएका

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

रसुवा– भोटेकोशी बाढीबाट रसुवाका निजी विद्यालयमा ठूलो मानवीय तथा भौतिक