आज जेष्ठ कृष्ण औंसी, भुलेर पनि नगर्नुहोस् यी १० काम « Khabarhub

आज जेष्ठ कृष्ण औंसी, भुलेर पनि नगर्नुहोस् यी १० काम


९ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हिन्दू धर्मको मान्यता अनुसार औंसी तिथिको ठूलो महत्व हुन्छ । महिनाको एक पटक आउने यस तिथिलाई धार्मिक रुपमा महत्व दिइन्छ ।

सोहि अनुसार आज शुक्रबार परेको जेष्ठ कृष्ण औंसीका दिन केहि कामहरु गर्नुपर्ने धार्मिक मान्यता छ ।

१. यस पटक जेष्ठ कृष्ण औंसीका दिन गंगा स्नान गर्न सम्भव नभएकाले गंगाजलका केहि थोपा पानीमा मिसाएर भएपनि यस औंसीमा नुहाउनु पर्दछ ।

२. आजको दिन पितृको आत्मा शान्तिका लागी तर्पण एवं उपवास गर्नुपर्दछ ।

३. औंसीको दिन कुनै गरीब व्यक्तिलाई दानदक्षिणा दिनु अत्यन्त पुण्य मानिन्छ ।

४. यस तिथिमा राहु र केतुको उपासना गर्नु पनि विशेष फलदायी मानिन्छ ।

५. आजै शनि जयन्ती समेत परेकाले शनिदेव तिल, तेल र पुष्प आदि चढाएर पुजा गरी शनि चालीसा पाठ गर्नु फलदायि मानिन्छ ।

६. बिहान पिपलका बोट मुनि जल अर्पण गर्ने र साझँमा दियो बाल्नु पर्दछ ।

७. यस अलावा निर्धन व्यक्ति सहित ब्राह्मणलाई भोजन गराई यथाशक्ति वस्त्र र अन्न दान गर्नुपर्दछ ।

८. आज माछामासु, अण्डा तथा मदिरा लगायतका तामसिक चीजको सेवन गर्नुहुदैन ।

९. औंसीका दिन शारीरिक सम्बन्ध राख्नबाट बच्नु पर्दछ ।

१०. औंसीको दिन दिउँसो सुत्न बर्जित गरिएको छ ।

प्रकाशित मिति : ९ जेठ २०७७, शुक्रबार  ११ : ०९ बजे

सोमेश्वरगढीमा प्रधानसेनापति अभिमानसिंहको शालिक अनावरण

नारायणगढ (चितवन)- समुद्र सतहबाट ८८० मिटरको उचाइमा उभिएर हेर्दा देखिने

माइखोला बेलासेमा बेलीब्रिज जडान सम्पन्न, सवारी सञ्चालन

फिक्कल– इलाम सदरमुकामबाट झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो दूरीको

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन

काठमाडौं- राजधानीकोे बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन भएको

भियतनाममा पर्यटक बोकेको डुङ्गा पल्टिँदा १५ जनाको मृत्यु

हनोई- भियतनामको दक्षिणी फु क्वोक टापु नजिक शनिबार पर्यटक बोकेको डुङ्गा

गण्डकीमा पूर्वाधार विकासले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशमा पूर्वाधार विकासका आयोजना निर्धारित