गर्भवती लिएर हिँडेको एम्बुलेन्सलाई बाघले घेरे, एम्बुलेन्सभित्रै जन्मियो बच्चा | Khabarhub Khabarhub

गर्भवती लिएर हिँडेको एम्बुलेन्सलाई बाघले घेरे, एम्बुलेन्सभित्रै जन्मियो बच्चा


९ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोनाभाइरसका कारण लकडाउन भएपछि बाहिरी क्षेत्रमा चहलपहल ह्वात्तै घटेको छ ।

मानिसहरु घरभित्रै भएपछि बाहिरी खुल्ला क्षेत्रमा जंगली जनावर स्वतन्त्र घुम्न थालेका छन् । भारतको गुजरातमा यस्तै रोचक घटना भएको छ ।

एम्बुलेन्समा गर्भवती महिलालाई लिएर हिँडेको एम्बुलेन्सलाई आधा रातमा बाघहरुले घेरेपछि महिलाले एम्बुलेन्समै बच्चालाई जन्म दिएकी छिन् । बाघहरु हटेपछि मात्र महिलालाई अस्पताल पुर्याउन सकिएको थियो ।

२० मेको रात करिब १० बजेर २० मिनेटको समयमा गडढाको भाखा गाउँकी अफसाना सबरिश रफिकलाई अचानक व्यथा लाग्यो । महिलाले पीडाले बेहाल थिइन् । परिवारले उनको नाजुक अवस्था देखेर तत्कालै एम्बुलेन्सलाई फोन गरे ।

एम्बुलेन्स आएर महिलालाई लिएर अस्पतालतिर हिँड्यो । तर, बाटोमा ४ वटा बाघहरुले एम्बुलेन्सको बाटो रोके । यी बाघहरु एम्बुलेन्सको बाटो रोकेर बसेको देखिएको थियो ।

बाघलाई बाटोबाट हटाउन कसैले हिम्मत गर्न सकेनन् । बाघहरु झुण्डमा थिए र रातको समय भएकोले सबै डराएका थिए । महिलाको हालत बिग्रिँदै थियो ।

अन्ततः एम्बुलेन्समा रहेका अपतालका प्राथमिक उपचार कर्मचारीले नै हिम्मत गरेर महिलालाई सुत्केरी गराए । महिलाले छोरी जन्माइन् । यो पूरै घटनाक्रममा क्रममा चारवटै बाघहरु गाडी वरिपरि घुमिरहे ।

२० मिनेटपछि बच्ची जन्मिएपछि बल्ल बाघले बाटो छोडे अनि महिलालाई अस्पताल पुर्याइयो । महिला र बालिका स्वस्थ्य अवस्था अहिले सामान्य छ ।

प्रकाशित मिति : ९ जेठ २०७७, शुक्रबार  १२ : ५६ बजे

रामकुमारी झाँक्री, किसान श्रेष्ठसहितका नेता कार्यकर्ता एमालेमा फर्किए (तस्बिरहरू)

काठमाडौं– माओवादीलगायतका कम्युनिष्ट दलको एकतामा असन्तुष्ट एकीकृत समाजवादीका नेताहरू एमाले फर्किएका

हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु

निजगढ– पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको पथलैया–निजगढ सडकखण्डको १२ किलोमा आज हात्तीको

किसानका समस्या समाधानतर्फ सरकारको ध्यान छ : कृषिमन्त्री

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले नेपाली किसानका

प्रधानमन्त्री कार्कीले गरिन् पशुपतिनाथ मन्दिरको दर्शन

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथ मन्दिरको दर्शनका साथै पूजाअर्चना गरेकी

१ लाख २६ हजारले हरे ‘परान’, व्यापार ३ करोड ७१ लाख नाघ्यो

काठमाडौं – कात्तिक १४ बाट प्रदर्शनमा आएको नीर शाह केन्द्रीय