‘दुई वर्षसम्म ऋणको किस्ता र ब्याज तिर्न सक्दैनौँ’ | Khabarhub Khabarhub

‘दुई वर्षसम्म ऋणको किस्ता र ब्याज तिर्न सक्दैनौँ’


९ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- पोखराका पर्यटन व्यवसायीले कोरोना महामारीले उत्पन्न परिस्थितिका कारण व्यवसाय धरापमा परेकाले बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋणको किस्ता र ब्याज आगामी दुई वर्षसम्म तिर्न नसक्ने बताएका छन् ।

पोखराका पर्यटन व्यवसायीको छाता संस्था पोखरा पर्यटन परिषद्ले प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई आज ज्ञापनपत्र बुझाउँदै बैंक तथा वित्तीय संस्थालाई कर्जा तिर्नका लागि प्रदेश सरकारले निश्चित प्रतिशत ब्याज अनुदानको व्यवस्था गर्नुपर्ने माग गर्‍यो ।

परिषद्का उपाध्यक्ष गोपीबहादुर भट्टराईले पर्यटन क्षेत्रको खर्बौँको लगानी जोखिममा रहेको र होटल सामान्य सञ्चालनमा कठिनाइ भइरहेका अवस्थामा ऋण र ब्याजको किस्ता तिर्न सक्ने अवस्था नरहेको बताए । उनले भने, “ऋण तिर्नका लागि तोकिएको अवधिमा दुई वर्ष थपिनुपर्ने र त्यसबाहेक ऋणको ब्याजदर पनि घट्नुपर्ने हामी व्यवसायीको माग छ ।”

व्यवसायी नै नबाँचे वित्तीय संस्था सञ्चालन हुन नसक्ने भएकाले दोहोरो अंकको ब्याजदर घटाएर ऋण दिनुपर्ने उनको भनाइ थियो ।

व्यवसायीले पर्यटन क्षेत्रलाई बचाउने कार्यक्रममा नीति तथा कार्यक्रममा समावेश नभएको भनी दुखेसो पनि पोखेका छन् । “हामीले अहिलेको अवस्थामा पर्यटनको लगानी जोगाउन धेरै आग्रह गर्‍यौँ तर संघीय सरकारको नीति तथा कार्यक्रममा समावेश भएन”, नेपाल पर्यटन बोर्डका पूर्वसदस्य टीकाराम सापकोटाले भने “पर्यटन क्षेत्र तत्कालीन र दीर्घकालीन असर पर्ने क्षेत्र हो, यस क्षेत्रबाट व्यवसायीलाई पलायन हुनबाट जोगाउनु राज्यको दायित्व हुन आउँछ ।”

उनले सरकारले अहिले राहत दिएर व्यवसायीलाई जीवन्तता दिनुपर्ने बताउँदै सन् २०२१ मा सरकार र निजी क्षेत्र मिलेर पर्यटनमा पुनरुत्थान अभियान चलाएमा सन् २०२२ मा बल्ल पर्यटन क्षेत्रले सरकारलाई नाफा दिने व्यवस्था आउने बताए ।

प्रकाशित मिति : ९ जेठ २०७७, शुक्रबार  ३ : २९ बजे

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय  

काठमाडौं– सरकारले स्विट्जरल्याण्डको जेनेभामा हुने नेपालको व्यापार नीतिको तेस्रो समीक्षामा

राप्रपा नेपालले राख्यो राजेन्द्र लिङ्देनसँग एकताको औपचारिक प्रस्ताव

काठमाडौं- समान विचार भएका राजनीति दल र शक्तिसँग सहकार्य र

निर्वाचनको वातावरण बनाउन सरकार लाग्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनको वातावरण बनाउनेतर्फ सरकार सक्रिय भएर

नयाँ यात्रा थालेका जनार्दन अध्यक्ष नबन्ने, नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने

काठमाडौं- नेकपा माओवादी केन्द्रबाट विद्रोह गरेका नेता जनार्दन शर्माले आफू

जनार्दनले भने : प्रचण्ड-माधवलाई जनताले अस्वीकार गरिसके, एकताको कुनै अर्थ छैन 

काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले आफू पदको लोभी