नेपालमा थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित ५०७ पुगे « Khabarhub

नेपालमा थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित ५०७ पुगे


९ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २० जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ५ सय ७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित लाइभ अपडेटमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले पछिल्लो अध्यावधिक विवरण अनुसार समय थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रवक्ता डा देवकोटाका अनुसार सेती प्रदेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा कैलालीको जानकी गाउँपालिकाका ३ पुरुषहरु रहेका छन् । उनीहरु क्रमश १९,२३ र २६ वर्षका रहेका छन् । उनीहरु ३ जना नै सरस्वती माविको क्वारेन्टाइमा रहेका व्यक्ति भएको मन्त्रालयले जनाएको छ ।

यस्तै डडेल्धुराका २८ वर्षीया एक जना पुरुष रहेका छन् । उनी परशुराम १० का व्यक्ति हुन् । उनी डडेल्धुरा अस्पतालमा उपचार छन् ।

यस्तै बैतडी जिल्लाका एक जना २२ वर्षीया पुरुष रहेका छन् । उनको बैतडी अस्पतालबाट नमूना संकलन गरी सेती प्रादेशिक अस्पताल पठाइएको थियो ।

यस्तै बाँकेको भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा नेपालगञ्जका १४ जनामा कोरोना संक्रमति पुष्टि भएको छ । उनीहरु १० देखि ६१ वर्ष उमेर समुहका पुरुष रहेका छन् ।  यस्तै   मोरङका ४१ वर्षीया पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना संक्रमितमध्ये ४ सय ३३ जना पुरुष र ७४ महिला रहेका छन् । हालसम्म कोरोना संक्रमित जिल्लाहरु ४० पुगेको छ ।

यस्तै प्रदेशगत विवरणका अनुसार प्रदेश १ मा ८५ जना, प्रदेश २ मा १ सय ५१, बागमती प्रदेशमा २८, गण्डकी प्रदेशमा ५, प्रदेश ५ मा २ सय २७, कर्णाली प्रदेशमा एक जना र सुदुरपश्तिम प्रदेशमा १० जना गरी ५ सय ७ जना रहेका छन्।

ती मध्ये हालसम्म ७० जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ३ जनाको मृत्यु भएको छ । आज मात्र बाँकेको नेपालगञ्जमा २१ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

प्रकाशित मिति : ९ जेठ २०७७, शुक्रबार  ४ : ३३ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले