अमेरिकी राष्ट्रपतिका उम्मेदवार बाइडेनले अफ्रिकन अमेरिकन समुदायसँग मागे माफी « Khabarhub

अमेरिकी राष्ट्रपतिका उम्मेदवार बाइडेनले अफ्रिकन अमेरिकन समुदायसँग मागे माफी


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपतिका उम्मेदवार जो बाइडेनले अफ्रिकन अमेरिकन समुदायसँग माफी मागेका छन् ।

आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बनेका जो बाइडेनले आफ्नो टिप्पणीले अफ्रिकन अमेरिकन समुदायमा चोट पुगेको भन्दै क्षमायाचना गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

पूर्वउपराष्ट्रपति समेत रहेका बाइडेनले एक रेडियो अन्तर्वार्ताका क्रममा आउँदो चुनावमा डोनाल्ड ट्रम्पलाई मत दिने अफ्रिकन अमेरिकीहरू ‘अश्वेत’ नहुने टिप्पणी गरेका थिए । उनले सो टिप्पणीका लागि माफी मागेका हुन् ।

कार्यक्रम सञ्चालक चार्लामाग्ने था गडले अन्तर्वार्ताको क्रममा अश्वेत मतदातासम्म बाइडेनको पहुँचलाई लिएर प्रश्न गरेपछि उनले यस्तो टिप्पणी गरेका थिए ।

बाइडेनले आफ्नो टिप्पणीप्रति माफी माग्दै कहिल्यै पनि अफ्रिकन अमेरिकन समुदायको समर्थनलाई आफूले हल्का रुपमा नलिएको प्रष्ट्याएका हुन् ।

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  ७ : १३ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका