चीनले ६ प्रतिशतले बढायो रक्षा बजेट « Khabarhub

चीनले ६ प्रतिशतले बढायो रक्षा बजेट


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसले अर्थतन्त्र संकट परेको बताइरहँदा चीनले रक्षा बजेट बढाएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार सन् २०२० मा चीनले आफ्नो रक्षा बजेट सन् २०१९ को तुलनामा ६ दशमलव ६ प्रतिशतले बढाएको हो ।

राष्ट्रिय बजेटमा रक्षा क्षेत्रमा खर्च गर्न १२ दशमलव ६८ खरब युआन अर्थात १७८ अर्ब डलर छुट्याइएको छ ।

कोरोना भाइरसको उद्भवलाई लिएर अमेरिकाले लगातार चीनमाथि आरोप लगाइरहँदा सम्भावित टकरावको स्थिती समाना गर्न चीनले सैन्य क्षमता बढाउन रक्षा बजेट बढाएको हुन सक्ने आकलन हुन थालेका छन् ।

कोरोना भाइरसको महामारीलाई लिएर अमेरिकासँगको सम्बन्ध तनावपूर्ण बन्दै गइरहेको र यसले सैन्य टकरावको रुप लिन सक्ने भन्दै चीनको रक्षा मन्त्रालयले एक रिपोर्टमा चेतावनी दिएको विषय रोयटर्सले सार्वजनिक गरिसकेको छ ।

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  १२ : १९ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ