आर्थिक अनियमितता गरेको भन्दै रौतहटमा मन्त्री त्रिपाठीको पुत्ला दहन « Khabarhub

आर्थिक अनियमितता गरेको भन्दै रौतहटमा मन्त्री त्रिपाठीको पुत्ला दहन


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गौर- रौतहटका स्थानीय युवाहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीको पुत्ला जलाएका छन् ।

मन्त्री त्रिपाठीले रौतहट क्षेत्र नम्बर २ को संसदीय कोषको बजेट दुरुपयोग गर्न खोजेको आरोप लगाउँदै स्थानीयले नाराबाजीसहित पुत्ला दहन गरेका हुन् ।

विश्व कोरोना संक्रमणको उच्च जोखिमयुक्त अवस्थाबाट गुज्रिरहेको समयमा संघीय मन्त्रालयको अग्रसरतामा रौतहट निर्वाचन क्षेत्र नं. २ का सांसद अफताब आलमको अनुपस्थितिमै नियम कानुन विपरीत संसदीय पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन भएको भन्दै उनीहरुले विरोध जनाएका छन् ।

आर्थिक चलखेल गरेर मन्त्री त्रिपाठी, जेलभित्रबाट सांसद आलम र नेकपाका समानुपातिक सांसद कल्याणी खड्काले मिलेर बजेट दुरुपयोग गरेका कारण पुतला दहन गरेको स्थानीय इस्तफाल आलमले बताए ।

आक्रोशित युवाहरुले मन्त्रीकै संलग्नतामा खर्च भईरहेको अनधिकृत बजेट खर्च नरोकिए लकडाउनको प्रवाह नगरी आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

 

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  ६ : ५४ बजे

रवि-बालेनलाई मुछेको ‘द ग्रे जोन’को रिपोर्टबारे जवाफ दिनै मानेनन् अर्थमन्त्रीले

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

समुद्रबाट चीनको ‘ग्राभिटी–१’ रकेट प्रक्षेपण, नौ उपग्रह अन्तरिक्षमा

एजेन्सी– चीनले बुधबार समुद्रबाट आफ्नो ‘ग्राभिटी–१’ वाई-३ वाहक रकेट सफलतापूर्वक

निक्षेप संकलनको लागि बोलकबोल आह्वान

 काठमाडौं- नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ६० अर्ब बराबरको एकमहिने

छोराको खातामा घुस लिएपछि सोताङकी उपाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु

हर्मुजमा अमेरिकी कडाइ : १०३ जहाजको मार्ग परिवर्तन

एजेन्सी – इरानविरुद्धको नाकाबन्दीअन्तर्गत हर्मुज जलघाँटीमा व्यापारिक गतिविधिमाथि लगाइएको प्रतिबन्ध कार्यान्वयन