फोहोरको पोको अब घरधनीलाई फिर्ता ! | Khabarhub Khabarhub

फोहोरको पोको अब घरधनीलाई फिर्ता !


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज प्रकाशित कान्तिपुर दैनिकमा विभिन्न शीर्षकका धेरैवटा समाचार प्रकाशन भएका छन् ।

जसमध्ये कान्तिपुरले पहिलो पृष्ठमा १७ खर्बको प्रस्ताव भन्दै लागनी सम्मेलन बारेको समाचारलाई प्रस्तुत गरेको छ । त्यस्तै तारागाउँ रिजेन्सीमा नककली कारोबार शीर्षकको समाचार कान्तिपुरले पहिलो पृष्ठमा प्रकाशन गरेको छ ।

समाचारमा जनाइए अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानमा अस्वाभाविक देखिएका केही कारोबारमा सहायक कम्पनीहरुले नक्कली भ्याट बिलको प्रयोग गरेको भेटिएको हो । तीमध्ये केही कम्पनीको कारोबारबारे राजश्व अनुसन्धान विभागले छानविन गरिरहेको छ ।

कान्तिपुरले फोहोरको पोको घरघरै फिर्ता शीर्षकको समाचार दोस्रो पृष्ठमा प्रकाशन गरेको छ । समाचारमा लेखिएको छ‘नगरपालिकाको टिपर टक्क घरअगाडि रोकियो । कर्मचारीले घरधनीलाई पोको थमाउँदै भने,‘लौ तपाईको सामान तपाई नै राख्नुहोस् ।’

अलमलमा परेका घरधनीले खुरुखुरु हात थापो । खोलेर हेर्दा त्यसमा फोहोर थियो । त्यही फोहर जनु उनीहरुले राति सुटक्क लगेर खोल्सामा पालेका थिए । स्याङजाको वालिङ नगरपालिकाकाले शनिवार वडा नम्बर १० को फेदी मोहोरियाका बासिन्दाले जथाभावी फालेको फोहोर उनीहरुलाई नै फर्काइदिएको हो ।

यसै कारण वालिङ बजारमा विहान केही घण्टा निकै चर्काचर्की चलेको थियो ।

फोहोरका पोकामा बिल तथा प्रमाण पुग्ने कागजपत्र भेटिएपछि वडाध्यक्ष अनन्तराज गैरेमार्फत मिल्काउनेको घरमा पुर्याइएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ७ : ०५ बजे

‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारीसाधनमा आगजनी

सुर्खेत – ‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा

विजयादशमीको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे

काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमीको

बुधबार नेपालभर सार्वजनिक बिदा

काठमाडौं – गृह मन्त्रालयले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानस्वरूप

कर तिर्ने समय एक महिना थप

काठमाडौं – सरकारले कर तिर्ने समय एक महिना थप गरेको