अतिक्रमित भूमि फिर्ता लिइछाड्ने संकल्प संसदबाटै गरौं : गगन थापा « Khabarhub

अतिक्रमित भूमि फिर्ता लिइछाड्ने संकल्प संसदबाटै गरौं : गगन थापा


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले संविधान संशोधनसँगै नेपालको परिवर्तित नक्सासहितको नेपालको निशान छाप समावेश गर्न सरकारले संसदमा दर्ता गरेको संशोधन प्रस्ताव सर्वसम्मत द्रुतगतिमा पारित गर्नुपर्ने बताएका छन् ।

उनले यो संशोधन प्रस्ताव राष्ट्रिय प्रतिवद्धताको विषय भएकोले द्रुतगतिमा पारित गर्नुपर्ने बताएका हुन् । उनले नेपालको परिवर्तित नक्सा संविधानको अंग भएसंगै राष्ट्रिय स्वाभिमानको लडाईंमा एउटा महत्वपूर्ण अध्यायको सुरुवात भएको बताएका छन् ।

‘यस उप्रान्तको काम कूटनीतिक रुपमा अझै जिम्मेवारीपूर्वक गर्नुपर्नेछ । यतिखेर भारतले नेपाली भुभामा उपस्थितिसँगै नियन्त्रण राखेको छ’ उनले भनेका छन्, ‘अबको बाटो भनेको हामीले हाम्रो भूभागबाट भारतीय उपस्थिति तथा नियन्त्रणको अन्त्य गरी आफ्नो प्रभावकारी नियन्त्रण कायम गर्ने ।’

आन्तरिक मामिलामा मतभेद भए पनि राष्ट्रिय स्वाभिमानका खातिर परिर्वतित नक्सा जारी गर्ने सन्दर्भमा सबै एक ठाउँमा उभिएको उनले बताएका छन् । नेपाली भूभागमा नेपाली सार्वभौम शक्ति स्थापित नभएसम्म यो एकता अझ कायम रहनुपर्ने थापाले बताए ।

त्यसका लागि नेपालले लिने कूटनीतिक बाटो तथा पहलमा कार्यगत प्रष्टता ल्याउन आपसी रुपमा विविध अभ्यास गर्नुपर्ने भन्दै उनले भनेका छन्, संविधानमा नयाँ नक्सा संशोधन गरेसँगै भारतको उपस्थिति तथा नियन्त्रणबाट नेपाली भूभाग प्रभावकारी नियन्त्रणसहित फिर्ता लिइछाड्छौं भनेर संकल्प गरौं ।’

सीमासँग सम्बन्धित विषयमा कांग्रेस र नेकपा संसदले संसदमा दर्ता गरेको दुई संकल्प प्रस्तावलाई पुनर्लेखन गरेर परिवर्तित नक्सामा उल्लेख गरिएको लिम्पियाधुरा, लिपुलेकर कालापानीसहितको हाम्रो भूभाग नेपालको पूर्ण नियन्त्रणमा ल्याउने संकल्प सहितको साझा संकल्प प्रस्ताव मस्यौदा गरौं र सर्वसम्मत रुपमा संसदबाट पारित गरौं ।’

यसले आफ्नो भूमिमा प्रभावकारी नियन्त्रण स्थापित गर्न नेपालमा गम्भीर छ र नक्सा जारी गर्दा देखिएको एकता अब हुने कूटनीतिक पहलमा समेत कायम रहन्छ भन्ने सन्देश भारतसहित विश्व समुदायलाई जाने कांग्रेस संसद थापाले बताएका छन् ।

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  ७ : ५३ बजे

अर्जेन्टिनीहरूका प्रिय ‘ब्याड ब्वाइ’

काठमाडौं – ‘आधुनिक फुटबलका राजा’ अर्जेन्टिनी स्टार लियोनल मेसीले विश्वकप

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ

फरार अभियुक्त १८ वर्षपछि पक्राउ

जनकपुरधाम– दाइजोको विषयलाई लिएर करिब १८ वर्षअघि महिलालाई धारिलो हतियार

आज २०८३ साल साउन २ गते शनिबारको राशिफल

काठमाडौँ– २०८३ साल साउन २ गते शनिबार सन् २०२६ जुलाई

विश्वकपमा अर्जेन्टिनाको राजनीतिक सन्देश, ‘माल्भिनास’ ब्यानरले किन मच्चायो विश्वभर बहस?

 काठमाडाैँ- विश्वकपको मैदानमा कहिलेकाहीँ एउटा गोलभन्दा पनि एउटा सन्देशले ठूलो