पूर्वसांसदको परिवारबारे भ्रामक प्रचार गर्ने पक्राउ « Khabarhub

पूर्वसांसदको परिवारबारे भ्रामक प्रचार गर्ने पक्राउ


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा- पूर्वसांसद तथा संविधानसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अनन्त पौडेल र कोरोना सङ्क्रमित उनकी श्रीमतीका बारेमा भ्रामक प्रचार गर्दै सामाजिक सञ्जालका अफवाह फैलाउने नितेश रिजाललाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

निजगढ नगरपालिका १२ रतनपुर घर भएका रिजाललाई वडा प्रहरी कार्यालय हेटौँडाको टोलीले हेटौँडा–५ भैरवरोडबाट पक्राउ गरेको हो ।

रिजालले शनिबार सामाजिक सञ्जाल फेसबुकमा हेटौँडा–३ मा कोरोना सङ्क्रमित महिला पूर्वसांसद पौडेलकी श्रीमती भएको र घरमा क्यानडाबाट आएको छोरीले पार्टी दिएको, सूर्यले हेटौँडा डुबाउँदैछ भन्ने अफवाह फैलाउने भ्रामक भिडियो पोष्ट गरेका थिए ।

पौडेलसहित हेटौँडावासीले रिजाललाई पक्राउ गर्न चौतर्फी दबाब दिएको जनाइएको छ । पक्राउ परेका रिजाललाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको, घटनाको अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  २ : २४ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्