मुख्यमन्त्री शाहीले आफ्ना सुरक्षागार्ड प्रहरी फिर्ता गरे | Khabarhub Khabarhub

मुख्यमन्त्री शाहीले आफ्ना सुरक्षागार्ड प्रहरी फिर्ता गरे

महामारीका बेला सुरक्षाकर्मीको भूमिका महत्वपूर्ण- मुख्यमन्त्री शाही


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो सुरक्षार्थ खटिएका प्रहरी फिर्ता गरेका छन् ।

उनले जिल्ला प्रहरी कार्यालयका लागि आवश्यक रहेको भन्दै आफ्नो सुरक्षामा खटिएका प्रहरी फिर्ता गरेका हुन् ।

कोरोनाभाइरस (कोभिड(१९) को महामारीका समयमा सुरक्षाकर्मीको भूमिका महत्वपूर्ण हुने भन्दै आफ्नो सुरक्षामा खटिइएका प्रहरीलाई फिर्ता पठाएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

उनले ८ जना प्रहरी पठाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीले बताए । दुई जना प्रहरी नायव निरीक्षक, एक जना प्रहरी सहायक निरीक्षक र ५ जना जवानलाई मुख्यमन्त्रीले जिल्ला प्रहरी कार्यालयमा पठाएको उनको भनाई छ ।

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  ३ : ५३ बजे

कांग्रेस लुम्बिनीले भन्यो- पार्टी नेतृत्व जवाफदेही र लोकतान्त्रिक हुनु पर्‍यो

काठमाडौँ– नेपाली कांग्रेस लुम्बिनीले मुलुकमा पछिल्लो विकसित घटनाक्रमले पार्टी नेतृत्व

एमालेले भन्यो : अहिलेको संकटको राजनीतिक निकास वर्तमान संविधानबाटै खोजिनु पर्छ

काठमाडौँ – सोमबार र मंगलबार मुलुकमा भएको हिंसा, आगजनी र

स्थितिलाई सामान्य बनाउन सबै पक्षलाई आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले स्थितिलाई सामान्य बनाउन सबै पक्षलाई आग्रह

सेनाद्वारा लुटपाट गर्ने थप चार जनासहित ७ नाल हतियार बरामद

काठमाडौं– नेपाली सेनाले महाराजगन्ज इलाकाबाट लुटपाट गर्ने चार जना व्यक्तिहरूसहित ७

विमानस्थल खुल्ने खबरपछि पुगेका यात्रु बाहिरै रोकिए (तस्बिरहरू)

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्ने खबर आएपछि यात्रुको घुइँचो लागेको