नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ३ पुग्यो « Khabarhub

नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ३ पुग्यो


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो सँगै कोरोना संक्रमितको संख्या ६०३ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रवक्ता डाक्टर देवकोटाका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका १ जना ४५ वर्षीय पुरुष, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा गरिएको परीक्षणमा बारा कलैयाका ३२ वर्षीय पुरुष, पर्साको वीरगञ्जका २५ वर्षीय पुरुष, पर्सा स्थायी घर भएका बारामा रहेका ३४ वर्षीय पुरुष, पर्साका ६० वर्षीय पुरुष, रौतटह स्थायी ठेगाना भएका कलैयामा कार्यरत ३२ वर्षीय पुरुष रहेका छन् ।

त्यस्तै सर्लाही हरीपुरका ४८ वर्षीया पुरुष, रुपन्देहीका ३२, ४० र ५०  वर्षीय पुरुष, काठमाडौं सोह्रखुटेका ६९ वर्षका पुरुष, नुवाकोट ककनीका ३९ वर्षीय पुरुष रहेका छन् ।

यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा रुपन्देही गैडाहवाका २३, ३० र ४० वर्षीय पुरुषहरु, कपिलवस्तुका ३ जना ३५, ३७ र ५२ वर्षीय पुरुषहरु, गुल्मी मदाने गाउँपालिकाका ३१ वर्षीय पुरुष रहेका छन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ६ सय ३ जना पुगेको छ ।

जसमध्ये पुरुषहरु ५ सय २४ जना र महिलाहरु ७९ जना रहेका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटाका अनुसार नुवाकोटमा पहिलो पटक कोरोना संक्रमित फेला परेका हुन् ।

नुवाकोटमा संक्रमित भेटिएसँगै कोरोना संक्रमण देखिएका जिल्लाहरुको संख्या ४२ पुगेको छ ।

यस्तो छ प्रादेशिक विवरण

प्रवक्ता डा देवकोटाका अनुसार प्रादेशिक विवरण अनुसार प्रदेश नम्बर १ का ७ जिल्लामा कोरोना संक्रमण देखिएको छ ।

जसमा हालसम्म ८६ जनामा संक्रमण देखिएको छ । यस्तै प्रदेश २ मा रहेका सबै जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । प्रदेश २ को ८ वटै जिल्लामा १ सय ७९ जना संक्रमित भेटिएका छन् ।

यस्तै बागमती प्रदेशका ११ जिल्लामा ३४ जनामा कोरोना संक्रमण देखिएको छ भने गण्डकी प्रदेशका ३ जिल्लामा ५ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै प्रदेश नम्बर ५ का ७ जिल्लामा २ सय ८१ जना, कर्णाली प्रदेशका २ जिल्लामा ४ जना र सुदुरपश्चिमका ४ जिल्लामा १४ जनामा हालसम्म कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता डा देवकोटाको भनाइ छ ।

प्रवक्ता डा देवकोटाका अनुसार नारायणी अस्पतालबाट ७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । उनीहरु बारा, पर्सा र रौतहटका रहेका छन् । यस्तै बुटवलको धागो कारखानाको आइसोलेनमा रहेका १० जना पनि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुल ८७ जना निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  ४ : २९ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी