अन्तर्राष्ट्रिय जगतमा नेपालको हैसियत पछिल्लो दिन बढेको छ – ज्ञवाली | Khabarhub Khabarhub

अन्तर्राष्ट्रिय जगतमा नेपालको हैसियत पछिल्लो दिन बढेको छ – ज्ञवाली


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विश्वले नेपाललाई ‘मार्क’ गर्न थालेको दाबी गरेका छन् ।

आइतबार रिपोर्टस क्लवको वार्षिक उत्सवमा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल पछिल्लो समय अन्तर्राष्ट्रि जगतमा चासोसाथ हेरिएको देश भएको बताएका छन् । उनले नेपालको हैसियत पछिल्ला दिनमा बढीरहेको दाबी गरे ।

‘समाजवाद उन्मुख लोकतन्त्र र त्यसको जगमा लिएको स्पष्ट आर्थिक सामाजिक रुपान्तरणको दिशाले नेपालको छवी नयाँ ढंगले चिनिन थालेको छ’ परराष्ट्रमन्त्री ज्ञवालीले भने,‘सधैंभरी द्वन्द्वमा फस्ने जोखिम रहेको, वर्षैपिच्छे सरकार फेरिरहने भन्दै हाम्रो पहिचान धुमिल भएको थियो । तर अहिले हामी जीवन्त गतिशिल लोकतन्त्रको रुपमा स्थापित गर्दै लगेका छौं ।’

लगानी सम्मेलनमा उपस्थित विदेशी लगानीकर्ताले समते नेपाललाई दक्षिण एशियाको राइजिङ स्टारको रुपमा चर्चा गरेको र त्यो निकै महत्वपूर्ण भएको बताए ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ९ : ५१ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं