भूमि फिर्ता ल्याउन उच्चस्तरीय राजनीतिक र कुटनीतिक पहल थाल्न कांग्रेसको माग « Khabarhub

भूमि फिर्ता ल्याउन उच्चस्तरीय राजनीतिक र कुटनीतिक पहल थाल्न कांग्रेसको माग


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लिपुलेक, कालापानी र लिम्पियाधुराका विषयमा उच्चस्तरीय राजनीतिक तथा कुटनीतिक पहल थाल्न सरकारसँग माग गरेको छ ।

आज बसेको कांग्रेस पदाधिकारी बैठकले सुगौली सन्धिका आधारमा अहिले विवादित रहेको भूमि नेपालको रहेको र उच्चस्तरीय कुटनीतिक तथा राजनीतिक पहलमार्फत समस्या समाधान गर्न आग्रह गर्ने निर्णय गरेको हो ।

सरकारले नेपालको नक्सा जारी गरेपछि संसदमा पेश गरेको संविधान संसाधन प्रस्तावका बारेमा छलफल गर्न केन्द्रिय समिति बैठक समेत बोलाउने निर्णय गरेको छ ।

पदाधिकारी बैठकले कोरोना विरुद्धको अभियानमा सरकारले काम गर्न नसकेको निष्कर्ष निकाल्दै युद्धस्तरमा कार्य गर्न अपिल र माग गर्ने निर्णय समेत गरेको छ ।

बैठकपछि कांग्रेसस मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तीमा भनिएको छ,‘नेपालमा पहिलो संक्रमित भेटिएको ४ महिना र लक डाउन भएको २ महिना पूरा हुँदासम्म अझै पनि परिक्षण सुस्त गतिमा हुनु, पर्याप्त स्वास्थ सामग्री नहुनु र क्वारेन्टाइनहरु नाम मात्रको हुनु, राहतको पर्याप्त प्याकेजको प्रबन्ध गर्न सरकारले नसक्नु सरकारको गैह्र जिम्मेवारी र असक्षमताका रूपमा बैठकले लिएको छ ।’

सरकारले शुल्क तिरेर समेत कोरोना परीक्षण गर्न पाउने व्यवस्था गरेकोमा कांग्रेसले पीसिआर परिक्षण निःशुल्क रुपले व्यापक बढाउन समेत माग गरेको छ । कांग्रेसले विदेशमा समस्यामा परेका नेपालीलाई उद्धार गर्नका लागि व्यवस्थित कार्ययोजना बनाउन समेत अपिल गरेको छ ।

बिदेशमा मृत्यु भएका करिब दुई सय भन्दा बढी नेपालीको शव नेपाल ल्याउने व्यवस्था गर्न माग गर्दै कांग्रेसले एकल महिला र अपांगता भएका नागरिकहरुको भत्तामा हालै गरिएको कटौतीप्रति आपत्ति जनाएको छ ।

कांग्रेसले जारी गरेको विज्ञप्ति हेर्नुहोस्

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  ९ : १५ बजे

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने

‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा