संविधान संशोधनको प्रस्तावलाई कांग्रेसको समर्थन (भिडियोसहित) « Khabarhub

संविधान संशोधनको प्रस्तावलाई कांग्रेसको समर्थन (भिडियोसहित)


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्ष कांग्रेसले सरकारले दर्ता गराएको संविधान संशोधनको प्रस्तावको समर्थन गरेको छ ।

आइतबार बसेको कांग्रेस पदाधिकारी बैठकले भारतीय अतिक्रमणमा परेको लम्पियाधुरा, कालापानी र लिपेलुकलाई समेटेर जारी गरिएको नक्सालाई संविधानको अंग बनाउने गरी निशान छापमा समावेश गर्न सरकारले ल्याएको संशोधनको पक्षमा समर्थन जनाएको हो ।

यसैगरी कांग्रेसले लिपुलेक, कालापानी र लिम्पियाधुराका विषयमा उच्चस्तरीय राजनीतिक तथा कुटनीतिक पहल थाल्न सरकारसँग माग गरेको छ । बैठकले सुगौली सन्धीका आधारमा अहिले विवादित रहेको भूमि नेपालको रहेको र उच्चस्तरीय कुटनीतिक तथा राजनीतिक पहलमार्फत समस्या समाधान गर्न आग्रह गर्ने निर्णय गरेको हो ।

सरकारले नेपालको नक्सा जारी गरेपछि संसदमा पेश गरेको संविधान संशोधन प्रस्तावका बारेमा छलफल गर्न केन्द्रिय समिति बैठक समेत बोलाउने निर्णय गरेको छ ।

पदाधिकारी बैठकले कोरोना विरुद्धको अभियानमा सरकारले काम गर्न नसकेको निष्कर्ष निकाल्दै युद्धस्तरमा कार्य गर्ने निर्णय समेत गरेको छ ।

बैठकपछि कांग्रेसस मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तीमा भनिएको छ,‘नेपालमा पहिलो संक्रमित भेटिएको ४ महिना र लक डाउन भएको २ महिना पूरा हुंदासम्म अझै पनि परीक्षण सुस्त गतिमा हुनु, पर्याप्त स्वास्थ सामग्री नहुनु र क्वारेन्टाइनहरु नाम मात्रको हुनु, राहतको पर्याप्त प्याकेजको प्रबन्ध गर्न सरकारले नसक्नु सरकारको गैह्र जिम्मेवारी र असक्षमताका रूपमा बैठकले लिएको छ ।’

सरकारले शुल्क तिरेर समेत कोरोना परीक्षण गर्न पाउने व्यवस्था गरेकोमा कांग्रेसले पीसीआर परीक्षण निःशुल्क रुपले व्यापक बढाउन समेत माग गरेको छ । कांग्रेसले विदेशमा समस्यामा परेका नेपालीलाई उद्धार गर्नका लागि व्यवस्थित कार्ययोजना बनाउन समेत अपिल गरेको छ ।

विदेशमा मृत्यु भएका करिब दुई सय भन्दा बढी नेपालीको शव नेपाल ल्याउने व्यवस्था गर्न माग गर्दै कांग्रेसले एकल महिला र अपांगता भएका नागरिकहरुको भत्तामा हालै गरिएको कटौतीप्रति आपत्ति जनाएको छ ।

कांग्रेस पदाधिकारी बैठकको निर्णय भिडियोमा हेरौं

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  ९ : ४३ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००