इन्डोनेसियामा अलपत्र नेपाली चेलीको भारतले गर्‍यो उद्दार (भिडियोसहित) « Khabarhub

इन्डोनेसियामा अलपत्र नेपाली चेलीको भारतले गर्‍यो उद्दार (भिडियोसहित)


१२ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पढाइको सिलसिलामा भारत हुँदै इन्डोनेसिया पुगेकी नेपाली चेलीको भारतले उद्दार गरेको छ ।

हरियाणमा बीबीए पढ्दै गरेकी उनी तीन महिनाका लागि ‘एक्सेन्ज प्रोग्राम’का सिलसिलामा इन्डोनेसियास्थित एक विश्वविद्यालयमा पढ्न पुगेकी थिइन् ।

उनी इन्डोनेसिया पुगेको केही समयपछि कोरोना भाइरस संक्रमणको जोखिमका कारण लकडाउन लागूभएसँगै उनी इन्डोनेसियामै रोकिएकी थिइन् ।

यो अवस्थामा इन्डोनेसियाबाट फर्किन निकै समस्या भएको उनले बताएकी थिइन । यसबीच भारतले त्यहाँ रहेका भारतीयहरुको उद्दारका लागि चार्टर्ड विमानको व्यवस्था गरेको थियो । सोही बिमानमा भारतीय दूतावसको प्रत्यक्ष सहयोगमा आफ्नो पनि उद्दार गरिएको उनले बताएकी छिन् ।

उनले आफ्नो नाम सेविका ढकाल भएको र स्थायी घर रत्ननगर–९ चितवन भएको बताएकी छिन् । उनले भिडियोमा भनेकी छिन्–‘यो अवस्थामा म नेपाली भएको हुँदो मेरो उद्दार हुने सम्भावना कम थियो, किनकी भारतीयहरुलाई उद्दारका लागि फ्लाइट व्यवस्था थियो । तर पनि दूतावासको पहलमा म आउन सफल भएँ । भारतीय दूतावासलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु ।’

उनले आफूलाई उद्धार गरिदिन नेपाल सरकारलाई अनुरोध गरेको र नेपाल सरकारले भारत सरकारलाई अनुरोध गरेकाले हुँदा आफू इन्डोनेसियाबाट फर्किन सफल भएकोमा खुशी व्यक्त गरेकी छिन् ।

उनले यो विषम परिस्थितिमा हिम्मत नहारी सुरक्षित रहन समेत सबैलाई सुझाव दिएकी छिन् ।

भिडियो हेर्नुहोस्

प्रकाशित मिति : १२ जेठ २०७७, सोमबार  १२ : ०० बजे

ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड

ललितपुर – ललितपुर महानगरले आर्थिक वर्ष २०८३/२०८४ को लागि सात

पासपोर्टबिना नेपालमा बस्दै आएका २४ बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौं – नेपालमा गैरकानुनी रूपमा बसोबास गर्दै आएका २४ जना

धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित

म्याग्दी – म्याग्दीको धौलागिरि गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आगामी

चीनसँग विज्ञान–प्रविधि सहकार्य अघि बढाउने तयारी, मन्त्री पुन र चिनियाँ राजदूतबीच छलफल

काठमाडौं– विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन र नेपालका