कोरोना संक्रमित देशको सूचीमा भारत १० औं स्थानमा « Khabarhub

कोरोना संक्रमित देशको सूचीमा भारत १० औं स्थानमा


१२ जेष्ठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारत कोरोना संक्रमित बढी हुने देशमध्ये १० स्थानमा परेको छ । जोन्स हप्किन्स युनिभर्सिटीले हालै सार्वजनिक गरेको तथ्यांकमा भारतले संक्रमितको संख्यामा इरानलाई पछि छोड्दै १०औं स्थानमा रहेको हो ।

भारतमा बिगत २४ घण्टामा ६ हजार ९ सय ९९ नयाँ संक्रमित भेटिएका छन् भने १ सय ५४ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म ४ हजार २१ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १ लाख ३८ हजार ८ सय बढी पुगेको छ ।

यस संक्रमणबाट निको भएका बिरामीको संख्या ५७ हजार ७२१ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । भारतमा पनि सबैभन्दा बढी महाराष्ट्र राज्यमा संक्रमित छन् । त्यहाँ ५० हजार २ सय ३१ कोरोना भाइरस संक्रमित रहेका छन् ।

महाराष्ट्रपछि तमिलनाडूमा दोस्रो स्थानमा रहेको छ । त्यहाँ १६ हजार २ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण रहेका छन् ।

गुजरातमा १४ हजार ५६ संक्रमति रहेका छन् । नयाँ दिल्लीमा मात्रै १३ हजार ४ सय १८ जना कोरोना संक्रमित रहेका छन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०७७, सोमबार  ४ : ०१ बजे

कतारको प्रतिनिधिमण्डल वार्ताका लागि तेहरानमा

तेहरान – मध्यपूर्वको युद्ध अन्त्यका लागि वार्ता गर्न कतारको एक

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले

पत्रकार धरपकड अलोकतान्त्रिक प्रवृत्ति हो: एमाले प्रचार विभाग प्रमुख आचार्य

काठमाडाैँ नेकपा (एमाले) का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

पत्रकार गिरफ्तार गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा हो: कांग्रेसका महामन्त्री पौडेल

काठमाडाैँ – समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै भरमा प्रहरी