बजेट, एमसीसी परियोजनालगायतका विषयमा छलफल गर्न मन्त्रिपरिषद्को बैठक बस्दै « Khabarhub

बजेट, एमसीसी परियोजनालगायतका विषयमा छलफल गर्न मन्त्रिपरिषद्को बैठक बस्दै


१२ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजेका लागि मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

बैठकमा भारतद्वारा अतिक्रमित भूमिसहितको नक्सा सार्वजनिक पछि उत्पन्न परिस्थिति, प्रतीकलगायत राष्ट्रिय चिन्ह परिवर्तनका लागि फास्ट ट्र्याकमार्फत संविधान संशोधनलगायतका विषयमा आज छलफल हुने एक मन्त्रीले बताए ।

बैठकमा सरकारले ल्याउन लागेको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट, एमसीसी परियोजनाका विषयमा पनि छलफल हुनेछ । त्यस्तै विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने विषयमा पनि छलफल हुने बुझिएको छ ।

यसअघिको मन्त्रिपरिषद बैठकले सरकारले सार्वजनिक गरेको नयाँ नक्सा कार्यान्वयनमा ल्याउन संविधान संशोधन गर्ने निर्णयसहित संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गरेको छ ।

बैठकलगत्तै प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । साँझ ५ बजेका लागि बोलाइएको मन्त्रिपरिषद बैठक सकिए लगत्तै साढे ५ बजे नेपाल टेलिभिजनबाट प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १२ जेठ २०७७, सोमबार  ४ : १७ बजे

राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको

प्रधानमन्त्री शाहले कार्यवाहक राजदूत मेगनलाई भने : नेपालले अमेरिकी लगानीलाई सधैँ स्वागत गर्छ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

अमेरिकाले इजरायललाई २ अर्ब ८० करोड डलरको हतियार बिक्री गर्ने

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई करिब २ अर्ब ८० करोड

मिसाइल हानेर साउदीको लडाकु विमान खसालेको हुथीको दाबी

साना- यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको एफ–१५ लडाकु विमान खसालेको

स्तन क्यान्सर सचेतनाका लागि ‘पिंकवाक २०२६’ आयोजना हुँदै

काठमाडौं– स्तन क्यान्सरसम्बन्धी जनचेतना जगाउने उद्देश्यले ‘पिंकवाक २०२६’ आयोजना हुने भएको