कूल जनसंख्याको कम्तिमा दुई प्रतिशतको कोरोना परीक्षण गर्छौंः प्रधानमन्त्री ओली « Khabarhub

कूल जनसंख्याको कम्तिमा दुई प्रतिशतको कोरोना परीक्षण गर्छौंः प्रधानमन्त्री ओली


१२ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी ओलीले देशको कुल जनसंख्याको कम्तिमा दुई प्रतिशत जनतामा कोरोना भाइरसको परीक्षण गरिने बताएका छन् ।

सोमबार साँझ देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एक मात्र प्रयोगशालाबाट शुरु भएको परीक्षण अब सातै प्रदेशमा २० भन्दा बढी प्रयोगशाला स्थापना गरी विस्तार गरिएको बताए ।

ओलीले क्वारेन्टीनको संख्या र गुणस्तर विकास गरिने भन्दै बन्द भएका होटल र खाली सार्वजनिक संरचनालाई क्वारेन्टीइनका रुपमा विकास गरिने जानकारी दिए । महामारी विरुद्धको लडाइ शुरुमा अलमल जस्तो भएपनि अहिले सही दिशामा रहेको र दक्षिण एशियामा नेपालको अवस्था सन्तोषजनक रहेको जिकिर गरे ।

प्रधानमन्त्री केपी ओलीले विदेशमा रहेका नेपाली नागरिकलाई सरकारले उद्दार गर्ने आश्वासन दिँदै विदेशमा रहेका नेपाली नागरिकप्रति सरकार संवेदनशील रहेको पनि बताए ।

उनले नेपालमा केही समय कोरोना संक्रमण देखिने भन्दै उनले समुदायस्तरमा कोरोना थप विस्तार हुन नदिन सरकारले उचित कदम चाल्ने बताए ।

प्रकाशित मिति : १२ जेठ २०७७, सोमबार  ७ : ०९ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल