कोरोनाको रिपोर्ट नआउँदै शव बुझाएकोमा नेसनल मेडिकललाई कारबाही गर्न सिफारिस « Khabarhub

कोरोनाको रिपोर्ट नआउँदै शव बुझाएकोमा नेसनल मेडिकललाई कारबाही गर्न सिफारिस


१२ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला प्रशासन कार्यालय पर्साले नेसनल मेडिकल कलेजलाई छानविन र कारवाही प्रक्रिया अघि बढाउन स्वास्थ्य मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतमा बसेको कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द्रको आजको बैठकले नेसनल मेडिकल कलेजलाई कारवाही प्रक्रिया अगाडी बढाउन सिफारिस गर्ने निर्णय गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार वस्नेतका अनुसार नेसनल मेडिकल कलेजमा जेठ २ गते अस्पतालमा भर्ना गरिएका ७० वर्षीय पुरुषको जेठ ४ गते मृत्यु भएको थियो ।

सोही दिन अस्पताल उनको शव आफन्तलाई बुझाएको थियो । कोरोना परीक्षणको नतिजा नआउँदै मृतकको शव आफन्तलाई बुझाएको भन्दै जिल्ला प्रशासन कार्यालय पर्साले घटनाको छानविन गरी कारवाही प्रक्रिया अगाडी बढाउने निर्णय गरेको हो ।

नेसनल मेडिकल कलेजमा श्वासप्रश्वासको समस्या लिएर ती पुरुषको जेठ ४ गते मृत्यु भएकै दिन शव आफन्तलाई बुझाएको थियो । ती पुरुषको थ्रोट स्वाब नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा शंकास्पद आएपछि केन्द्रीय प्रयोगशालामा नमुना पठाएको थियो ।

उनको मृत्यु भएको ८ दिन पछि स्वास्थ्य मन्त्रालयले आज ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जनाएको थियो ।

प्रकाशित मिति : १२ जेठ २०७७, सोमबार  ७ : २२ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज