अन्तरिक्षमा ‘मानव मिशन’ पठाउँदै अमेरिका « Khabarhub

अन्तरिक्षमा ‘मानव मिशन’ पठाउँदै अमेरिका


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको महामारीकाबीच अमेरिकाले अन्तरिक्षमा मानव मिशन पठाउने भएको छ ।

२१ जुलाई सन् २०११ पछि पहिलो पटक अमेरिकाले मानव मिशन अन्तरिक्षमा पठाउने तयारी गरेको हो । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मिशनको डेट पनि फाइनल गरेको छ ।

२७ मे सन् २०२० को साँझ ४ बजेर ३३ मिनेट जाँदा नासाले दुई अमेरिकी एस्ट्रोनोट्सलाई अमेरिकी धर्तीबाट रकेटमा राखेर आईएसएसमा पठाउने जनाएको छ ।

यो अमेरिकी एस्ट्रोनोट्स मिशनको लागि रोबर्ट बेनकेन र डगलस हर्लेलाई चुनिएको छ । यी दुबै एस्ट्रोनोट्स स्पेसक्राफ्ट ड्र्यागनबाट इन्टरनेशनल स्पेस स्टेशन जानेछ । स्पेस एक्स अमेरिकी उद्योगपति एलन मस्कको कम्पनी हो ।

नासाको रिपोर्टका अनुसार स्पेस एक्स ड्र्यागन स्पेसक्राफ्टलाई फ्लोरिडाबाट लञ्च गरिनेछ ।

नासाले मिशनलाई डेमो २ (Demo-2 Crew Dragon) को नाम दिएको छ । यो भन्दा पहिला नासाले डेमो १ मिशन ड्र्यागन स्पेसक्राफ्टबाट स्पेस स्टेशन गइसकेको छ ।

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  १० : १८ बजे

सय दिनमा नीतिगत र संस्थागत सुधारमा उल्लेखनीय प्रगति : मुख्यसचिव अर्याल

काठमाडौं– नेपाल सरकारका मुख्यसचिव सुमनराज अर्यालले वर्तमान सरकारले कार्यकालको पहिलो

अमेरिका भ्रमणमा जाने तयारीमा नेतन्याहु, ट्रम्पसँग भेट हुने

तेल अभिभ– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले छिट्टै अमेरिका भ्रमण गर्ने

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं– सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी प्रबन्धलाई

बागमती प्रदेशसभा : दुई विधेयक बहुमतले पारित

मकवानपुर–  बागमती प्रदेशसभाको आजको बैठकले प्रदेश विनियोजन विधेयक २०८३ र

सरकारका १०० दिन : विद्युत् खपत बढाउने र निर्यातलाई व्यवस्थित गर्ने मार्गचित्र तयार

काठमाडौं- सरकारले आर्थिक समृद्धिको प्रमुख आधार स्तम्भका रूपमा ऊर्जा क्षेत्रलाई