संघीय संसद्‌मा राखियो परिमार्जित नक्शासहितको लोगो « Khabarhub

संघीय संसद्‌मा राखियो परिमार्जित नक्शासहितको लोगो


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संघीय संसद्‌मा नयाँ नक्शासहितको लोगो प्रयोग गर्न थालिएको छ। प्रतिनिधिसभा र राष्ट्रियसभाको रोष्ट्रममा नयाँ लोगो राखिएको हो।

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूभाग राखेर नयाँ नक्शा जारी गरेपछि संघीय संसद्‌ले पनि लोगो परिमार्जन गरेको हो।

राष्ट्रियसभाको बिहान ११ बजे शुरु भएको बैठकमा नयाँ लोगो प्रयोग भएको थियो भने प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे शुरु भएको हो।

नयाँ नक्शाअनुसार संघीय संसदका सदस्यहरुले लगाउने लोगो पनि परिमार्जन गर्ने प्रक्रिया शुरु भइसकेको संघीय संसद् सचिवालयले जनाएको छ।

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  १ : २९ बजे

नेपाल बार एशोसिएशनले मनायो ७० औँ स्थापना दिवस

काठमाडौं– कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ७० औँ

१५ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने गगन थापाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५ औँ महाधिवेशनमा

काठमाडौं क्षेत्र नम्बर २ बाट राप्रपाकी कुन्तीदेवी पोखरेलको नाम सिफारिस

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट