चौरजहारी घटना छानविन गर्न सहसचिव नेतृत्वमा छानविन समिति गठन | Khabarhub Khabarhub

चौरजहारी घटना छानविन गर्न सहसचिव नेतृत्वमा छानविन समिति गठन

दलित युवाको हत्या जातीय अहंकारवादको उपज- गृहमन्त्री थापा


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रुकुम पश्चिम चौरजहारी–८ मा जेठ १० गते भएको घटनाको छानविन गर्न गृह मन्त्रालयले सह–सचिवको नेतृत्वमा ५ सदस्यीय छानिबिन समिति गठन गरेको छ ।

राष्ट्रियसभामा गृहमन्त्री रामबहादुर थापाले रायसहितको प्रतिवेदन पेस गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको बताएका हुन ।

गृहमन्त्री थापाले पश्चिम रुकुमको चौरजाहरीको घटना राष्ट्रियसभामा जानकारी गराउँदै दलित युवाको हत्या जातीय अहंकारवादको उपज रहेको बताए ।

मन्त्री थापाले सो घटना जातीय अहंकारवादका कारण भएको बताउँदै दोषीलाई कारवाही गर्न सरकार प्रतिवद्ध रहेको जानकारी दिए ।

सुरक्षा संयन्त्रबाट प्राप्त प्रारम्भिक जानकारी अनुसार १९ जना युवाहरु युवतीलाई ‘भगाउन’ गएको भन्ने खुलेको उनले बताए । त्यसमध्ये एकजना भने बिच बाटोबाटै फर्किएको उनले राष्ट्रियसभालाई जानकारी गराए ।

मन्त्री थापाले भने, ‘घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको छ । पश्चिम रुकुमको जिल्ला समन्वय समितिका अध्यक्षको नेतृत्वमा छानबिन समिति बनाएको भन्ने सुन्नमा आएको छ । त्यो समितिको कुनै औचित्य छैन । सरकारले घटना छानबिनका लागि समिति बनाएको छ ।’

जिल्लामा बनाइएको समिति घटना ढाकछोप गर्नका लागि समेत बनाइएको हुन सक्ने भएकाले त्यसको कुनै औचित्य नहुने र सरकार कुनै पनि हालतमा दोषीलाई कारवाही गर्न प्रतिवद्ध रहेको उनले बताए ।

राष्ट्रयसभाको मंगलबारको बैठकमा सांसदले समय मागेर बोल्दै घटनाबारे चासो व्यक्त गरेका थिए । उनीहरुले दोषीमाथि कारवाही गर्न माग गरेका छन् ।

छानबिनका लागि संसदीय समिति गठन गर्न कांग्रेसको माग

रुकुम पश्चिममा तीन जनाको मृत्यु र तीन जना बेपत्ता हुने गरी भएको घटनाको छानबिन गर्नका लागि संसदीय समिति बनानाउने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माग गरेको छ।

मंगलबारको प्रतिनिधिसभाको बैठकमा कांग्रेसका सांसद तथा पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले घटनाको छानविनको लागि संसदीय समिति गठन गर्न माग गरेका हुन्।

उनले सत्तारुढ दलकै स्तानीय तहका प्रतिनिधिहरुबाट घटनाको तोडमोड गर्ने काम भएको भन्दै आपत्ति समेत जनाए। उनले पीडित दोषीलाई कानुनी कारबाहीका लागि छानबिन समिति गठन गर्न माग गर्दे पीडित पक्षलाई राहत र क्षतिपूर्ति दिन समेत माग गरे।

सांसद विश्वकर्माले घटनाका बारेमा गृहमन्त्रीले संसदमा जवाफ दिन समेत माग गरे।

चौरजहारी घटनाबारे जनार्दन शर्माले बोल्दा स‌ंसदमा हंगामा

यसैबीच पूर्वगृमन्त्री एवं नेकपा सांसद जनार्दन शर्मा रुकम घटनाबारे बोल्दा प्रतिनिधिसभामा हंगामा भएको छ।

रुकमबाट निर्वाचित सांसद शर्माले केटा पक्ष केटीको घरमा पुगेर झडप भएको बताएपछि संसदमा विपक्षी कांग्रेसका सांसदहरुले विरोधमा उठेर होहोल्ला र नाराबाजी गरेका हुन्।

पूर्वगृहमन्त्रीसमेत रहेका शर्माले संसदमा भने, ‘वीरबहादुर मल्लको घरमा नवराज विकसहितको व्यक्ति पुगेपछि झडप सुरु भएको हो। घटना लगत्तै वडाअध्यक्षले प्रहरी बोलाए। दुई पक्षबीच झपड हुँदै भेरी नदीसम्म आइपुगेको थियो।’

शर्माले यसो भनिरहँदा विपक्षी दलका सांसदहरुले उनको भनाइमा आपत्ति जनाउँदै आफ्नो ठाउँबाट उठेका थिए। कांग्रेसका सांसद प्रकाश स्नेहीले पूर्व गृहमन्त्रीहरुको सहयोगमा घटनालाई दबाउन खोजेको भन्दै आपत्ति जनाए।

स्नेहीको भनाइप्रति आपत्ति जनााउँदै शर्माले आफूले संसदमा बोल्ने पाउने अधिकारमा हस्तक्षेप गरेको भन्दै विरोध जनाए।

उनले जनप्रतिनिधका हिसाबले घटनाको छानबिनका लागि सहयोग गर्न तयार बताए। होहल्ला भइरहँदा शर्माले आफू सम्बन्धित जिल्लाको जनप्रतिनिधि भएकाले बोल्न पाउनु पर्ने बताएका थिए ।

आफ्नो बोल्ने अधिकार खोसिन नहुने भन्दै उनी आक्रोशित भए । सभामुख अग्नि सापकोटाले सांसदलाई शान्त रहन आग्रह गरे भने शर्मालाई गम्भीर विषय भएकाले संयमित रुपमा आफ्नो भनाई पूरा गर्न आग्रह गरे ।

त्यसपछि उनले भने, ‘घटनाको छानबिनको लागि संसदीय समिति बनाउन आवश्यक छ। घटनाको छानबिन गर्नुपर्छ। जनप्रतिनिधको रुपमा सहयोग गर्छु। मेरो बोल्ने अधिकार हनन् हुनु भएन।’

गएको शनिबार राति जाजरकोटका नवराज विक आफ्नी प्रेमिकालाई लिन १९ जना युवालाई साथ रुकुमको चौरजहारी पुगेका थिए । तर गाँउ पुगेलगत्तै उनीहरुलाई केटीका आफन्तसहित गाउँलेहरुले आक्रमण गरेपछि नवराजसहित तीनजनाको मृत्यु भएको छ भने तीनजना बेपत्ता छन् ।

छानविन समिति संयोजकको जिम्मेवारी गृहका सह–सचिव जितेन्द्र बस्नेतलाई दिने तयारी भएको छ । समितिमा प्रहरी प्रतिनिधी लगायत अन्य सदस्य रहनेछन् ।

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  १ : ५१ बजे

पुलिसले जित्यो काभा भलिबल क्लब च्याम्पियनसिपको उपाधि

काठमाडौं – विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल

एलओडीमा आउँदै अमेरिकन र्‍यापर लिल पम्प

काठमाडौं – अमेरिकन चर्चित र्‍यापर ‘लिल पम्प’ नेपाल आउने भएका

मौलिक अधिकार कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री गुरुङ

लमजुङ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधानमा व्यवस्था

बालबालिकाका लागि रचनात्मक कार्यमा ध्यान दिन्छौँ चिरीबाबु महर्जन

ललितपुर – ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बालदिवसलाई लक्षित गरी

अमेरिकी राष्ट्रपति बाइडेन र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

फिलाडेल्फिया – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त राज्य अमेरिकाको तीन