तुलसीको पात प्रयोग गर्दा हुने ७ फाइदा « Khabarhub

तुलसीको पात प्रयोग गर्दा हुने ७ फाइदा


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

घर आगनमा आफै उम्रने तथा हिन्दुहरुले नित्य पूजा गर्ने तुलसी बहु उपयोगी औषधीय गुणयुक्त वनस्पती हो ।

यसको प्रयोगले कैंयौ प्रकारका जटिल रोगसहित साधारण स्वास्थ्य समस्या समेत निको हुन्छ ।

१. तुलसीमा कीटनाशक शक्तिहुने भएकाले तुलसीको पातको लेदो बनाई घाउ, सुन्निएको तथा दुखेको ठाउँमा लेपको रूपमा लगाउँदा लाभ मिल्छ ।

२. ५ देखि १० एमएल तुलसीको पातको रससंग महमिसाएर दिनको दुईदेखि तीन पटकसम्म सेवनगर्दा रुघाखोकि, चिसो, दम, निमोनियालगायतका समस्यामा प्रभावकारी हुन्छ ।

३. बच्चाहरुमा हुने साधारण पेट दुखाई, अपच, अरुचिलगायतका समस्यामा तुलसीको पातको रस र अदुवाको रस मिसाएर दिँदा तुरुन्तै फाइदा मिल्दछ ।

४. मधुमेह तथा पिसाब सम्बन्धी रोगमासमेत तुलसीको बीउलाई पिसेर लेदोबनाई दैनिक १–३ ग्रामसम्म दुईपटक सेवनगर्दा लाभ मिल्दछ ।

५. विषम ज्वरो होस् वा अन्य रुघाखोकी यस्तोमा पनि तुलसीको पात चपाएर सेवन गर्दा फाइदा पुग्दछ ।

६. घाँटी दुखुको वा घाँटीमा बिमिरा आएको बेला तुलसी, बेसार र नुन उमालेर सेवन गरेमा एक दिनमै घाँटी दुखेको निको हुन्छ ।

७. कुनै रोग नभएको अवस्थामा पनि तुलसीको ३–४ वटा पात चपाएर दिनमा २–३ पटकसम्म त्यसै वा तातो पानीसँग पनि सेवन गर्दा शरीरमा रोग प्रतिरोधात्मक शक्ति बढ्दछ । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  ३ : २८ बजे

फराह खान निर्देशनमा फिर्ता, शाहरुखसँग नयाँ फिल्मको तयारी

काठमाडौं– बलिउडकी चर्चित निर्देशक तथा कोरियोग्राफर फराह खानले लामो समयपछि

रुकुमपूर्व : रुकुमकोट प्रहरी चौकी कब्जा गरेको क्षेत्र घुम्दै प्रचण्डले सुरु गरे घरदैलो अभियान

रुकुम पूर्व – हिजो पूर्वी रुकुमबाट मनोनयन दर्ता गराएका नेपाली

पर्वतको बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम

पर्वत– पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल