रिपोर्ट ‘नेगेटिभ’ आउँदैमा कोरोना मुक्त रहेछु भन्ने नसोच्नुस् : स्वास्थ्य मन्त्रालय « Khabarhub

रिपोर्ट ‘नेगेटिभ’ आउँदैमा कोरोना मुक्त रहेछु भन्ने नसोच्नुस् : स्वास्थ्य मन्त्रालय


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक पटक कोरोना परीक्षण गरेपछि आफूमा संक्रमण भएको छैन भनेर ढुक्क नहुन आग्रह गरेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले एक पटक कोरोना परीक्षण गरेर रिपोर्ट नेगेटिभ आउँदैमा ढुक्क भएर नबस्न आग्रह गरेका हुन् ।

अहिले कोरोना परीक्षण गर्ने कतिपय व्यक्तिहरुले आफ्नो नेगेटिभ रिपोर्ट आएको भन्दै सामाजिक सञ्जालमा आफ्नो विवरण नै समेत सार्वजनिक गर्ने गरेको पाइन्छ ।

मानिसहरु कोरोना नेगेटिभ आएको रिपोर्ट सार्वजनिक गर्दै आफू कोरोना मुक्त रहेको समेत बताउन थालेपछि यसविषयमा प्रवक्ता डा देवकोटाले सबैलाई सचेत गराएका हुन् ।

प्रवक्ता डा देवकोटाले एक पटक कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आउँदैमा कोरोनाबाट मुक्त नभइने बताएका छन् ।

‘अहिले परीक्षणको दायरा बढेसँगै कतिपयले कोरोना परीक्षण गराउनु भएको छ, उहाँहरुले नेगेटिभ नतिजा आउने वित्तिकै अब मलाई कहिल्यै कोरोना लाग्दैन, कोरोनाबाट मुक्त रहेछु भन्ने बुझाई सही होइन,’ डा देवकोटाले भने, ‘हामीले कोरोना संक्रमण छ वा छैन भनेर पत्ता लगाउन पीसीआर विधिबाट परीक्षण गछौं, त्यो चाँही तत्कालका लागि हो, भोलिपल्ट फेरि तपाईको सम्पर्क संक्रमितसँग भयो भने तपाईंमा संक्रमण सर्न सक्छ ।’

उनले कोरोना निको भएर घर फर्किएकाहरुमा पुन पोजेटिभ देखिन सक्ने भन्दै कोरोना निको भएकाहरुलाई पनि सजक रहन आग्रह गरेका छन् ।

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  ६ : २९ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन