महिनावारी हुँदा छाउगोठमा राख्ने अवस्था अन्त्य गर्छौँ : मन्त्री गुरुङ « Khabarhub

महिनावारी हुँदा छाउगोठमा राख्ने अवस्था अन्त्य गर्छौँ : मन्त्री गुरुङ


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सामाजिक कलंकको रूपमा रहेको छाउगोठ हटाएरै छाड्ने उद्घोष गरेका छन् ।

महिनावारी हुँदा महिलालाई छाउगोठमा राख्ने अमानवीय कार्य सामाजिक कलंक भएको उल्लेख गर्दै मन्त्री गुरूङले नेपाललाई मर्यादित महिनावारीको देशको रुपमा स्थापित गराउने बताए ।

दोस्रो राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित ‘लैंगिक हिंसा र मर्यादित महिनावारी’ विषयक अन्तर्राष्ट्रिय स्तरको भर्चुअल बैठकमा बोल्दै मन्त्री गुरूङले छाउगोठ लगायतका सामाजिक कलंक हटाउदै मर्यादित महिनावारीको मान्यता स्थापित गर्न सरकार लागिपरेको प्रष्ट पारे ।

समाजमा विद्यमान छाउगोठ जस्ता सामाजिक विकृति र विसंगतिको अन्त्यका लागि प्रदेश र स्थानीय तहसँगको सहकार्यमा नीतिगत, कानूनी र कार्यक्रमलाई अभियानकै रुपमा अघि बढाउने उनको भनाइ छ ।

उक्त भर्चुअल बैठकमा बोल्दै संघीय संसदको महिला तथा सामाजिक समितिकी सभापति नीरु देवी पालले सरकारले छाउपडी प्रथाजस्तो सामाजिक कलंकको अन्त्यका लागि मर्यादित महिनावारी अवधारणाअघि सारेर सामाजिक कुरीति र अन्धविश्वास अन्त्यका लागि महत्वपूर्ण अभियान संचालन गरेको भन्दै खुशी व्यक्त गरिन् ।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले महिनावारीलाई मर्यादित बनाउन सरकारले महिलाहरुकै अग्रसरतामा खुला बहसको थालनी गर्नुपर्ने सुझाव दिए ।

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  ८ : २७ बजे

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल