शिवपुरीमा सैनिक कमाण्ड तथा स्टाफ तालिम शुरु « Khabarhub

शिवपुरीमा सैनिक कमाण्ड तथा स्टाफ तालिम शुरु


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा २७ समूहको कमाण्ड तथा स्टाफ तालिम शुरु भएको छ ।

बलाधिकृत रथी शरदकुमार गिरीले शुभारम्भ गरेको तालिममा सेनाका ६०, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग एक–एकजना अधिकृतको सहभागिता छ ।

एक वर्ष अवधिको उक्त तालिममा श्रीलङ्का, बेलायत र संयुक्त राज्य अमेरिकाबाट एक–एकजना सैनिक अधिकृत सहभागी रहेका छन् ।

सैनिक कमाण्ड तथा स्टाफ तालीम मध्यम तहका अधिकृतहरुको स्टाफ तथा नेतृत्व क्षमता विकास गर्न सञ्चालन गरिने महत्वपूर्ण तालीम हो ।

विसं २०४९ मा स्थापना भएको उक्त कलेजबाट हालसम्म नेपाली सेनाका ९१४, विदेशी ८३, नेपाल प्रहरीका ११, सशस्त्र प्रहरी बलका २४, राष्ट्रिय अनुसन्धान विभागका १४ र रक्षा मन्त्रालयका एक अधिकृतले तालीम पूरा गर्नुभएको छ । सैनिक नेतृत्वमा पुग्नका लागि उक्त तालीम अनिवार्य मानिन्छ ।

उक्त तालीम कोभिड–१९ को सम्भावित सङ्क्रमणलाई दृष्टिगत गरी चिकित्सकबाट स्वास्थ्य परीक्षणका साथै क्वारेन्टिनमा राखेर सामाजिक दूरी कायम गरेर सञ्चालन गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  ९ : ४२ बजे

लविद्युत् परियोजना निर्माणमा देखिएका मुआब्जा समस्या समाधान गर्छौँ : कुलमान घिसिङ 

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले जलविद्युत् परियोजना निर्माणका

बल्छी धुर्बेको फिल्म ‘गोबर गणेश’को ट्रेलर सार्वजनिक

काठमाडौं – कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’को लेखन, निर्देशन र

समानुपातिक उम्मेदवारी फिर्ता लिएँ : डा. त्रिशला गुरुङ

काठमाडौं- गायिका तथा चिकित्सक डा. त्रिशला गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीबाट

गगन थापालाई प्रश्न : अब तपाईंहरूको विशेष महाधिवेशन के हुने भयो ?

काठमाडौं-नेपाली कांग्रेसको आन्तरिक विवाद नयाँ मोडमा पुगेको छ । शुक्रबार