शिवपुरीमा सैनिक कमाण्ड तथा स्टाफ तालिम शुरु « Khabarhub

शिवपुरीमा सैनिक कमाण्ड तथा स्टाफ तालिम शुरु


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा २७ समूहको कमाण्ड तथा स्टाफ तालिम शुरु भएको छ ।

बलाधिकृत रथी शरदकुमार गिरीले शुभारम्भ गरेको तालिममा सेनाका ६०, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग एक–एकजना अधिकृतको सहभागिता छ ।

एक वर्ष अवधिको उक्त तालिममा श्रीलङ्का, बेलायत र संयुक्त राज्य अमेरिकाबाट एक–एकजना सैनिक अधिकृत सहभागी रहेका छन् ।

सैनिक कमाण्ड तथा स्टाफ तालीम मध्यम तहका अधिकृतहरुको स्टाफ तथा नेतृत्व क्षमता विकास गर्न सञ्चालन गरिने महत्वपूर्ण तालीम हो ।

विसं २०४९ मा स्थापना भएको उक्त कलेजबाट हालसम्म नेपाली सेनाका ९१४, विदेशी ८३, नेपाल प्रहरीका ११, सशस्त्र प्रहरी बलका २४, राष्ट्रिय अनुसन्धान विभागका १४ र रक्षा मन्त्रालयका एक अधिकृतले तालीम पूरा गर्नुभएको छ । सैनिक नेतृत्वमा पुग्नका लागि उक्त तालीम अनिवार्य मानिन्छ ।

उक्त तालीम कोभिड–१९ को सम्भावित सङ्क्रमणलाई दृष्टिगत गरी चिकित्सकबाट स्वास्थ्य परीक्षणका साथै क्वारेन्टिनमा राखेर सामाजिक दूरी कायम गरेर सञ्चालन गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  ९ : ४२ बजे

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र

कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण

कर्णाली – कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा

सन्तोष राईको शव ल्याउने खर्च सरकारले व्यहोर्ने, आशिकाले दिइन् धन्यवाद

काठमाडौं – वैदेशिक रोजगारीका क्रममा निधन भएका धादिङका सन्तोष राईको