झण्डै १२ प्रतिशतले घट्यो वैदेशिक व्यापार | Khabarhub Khabarhub

झण्डै १२ प्रतिशतले घट्यो वैदेशिक व्यापार


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चालु आर्थिक वर्षको वैशाख मशान्तमा गत वर्षको तुलनामा बैदेशिक ब्यापार झण्डै १२ प्रतिशतले घटेको छ।

कोरोनाको असरका कारण देश लकडाउन भएपश्चात अत्यावश्यक वस्तु बाहेकको आयात ठप्प हुँदा भन्सार विभागले निकालेको चालु आर्थिक वर्षको १० महिनाको रिपोर्टमा वैदेशिक व्यापार ११.८९ प्रतिशतले घटेको देखिएको छ।

अहिले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण महँगा मदिरा तथा अन्य अनावश्यक सामानहरुको आयातमा रोक लगाइएको छ। चैत १२ गतेसम्म यस्ता वस्तुहरु पहिलेकै अनुपातमा आयात भइरहेको भएपनि सो पश्चात भन्सारमा कडाई गरिएको छ ।

चालु आर्थिक वर्षको दश महिनामा ११ खर्ब ७ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ। गत वर्षको यसै अवधिमा १२ खर्ब ५६ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।

आयात घट्दो, निर्यात सामान्य बढ्दो

गत वर्षको तुलनामा यस वर्ष आयात केहि घटेको छ भने निर्यातको अनुपात केहि बढेको छ। गत वर्षको यसै अवधिको तुलनामा आयात १२।९९ प्रतिशतले घटेको छ भने निर्यात ४.५० प्रतिशतले बढेको छ।

गत वर्षको बैशाख मसान्तसम्ममा ११ खर्ब ७८ करोड रुपैयाँ बराबरको आयात भएकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा १० खर्ब २५ अर्ब रुपैयाँ बराबरको आयात भएको छ। त्यसैगरी निर्यात पनि ७८ अर्ब रुपैयाँबाट बढेर ८२ अर्ब रुपैयाँ पुगेको छ।

यसरी कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९३.७५ प्रतिशत कायम भएको छ भने निर्यातको हिस्सा ६.२५ प्रतिशत कायम भएको छ।

त्यसैगरी, पछिल्लो समय व्यापार घाटा पनि सुधारिदै गएको छ। गत वर्षको यसै अवधिको तुलनामा व्यापार घाटा १४.२४ प्रतिशतले घटेर ९ खर्ब ४३ अर्ब रुपैयाँमा झरेको छ। गत वर्षको यसै अवधिमा नेपालको कुल वैदेशिक व्यापार घाटा १० खर्ब ९ अर्ब रुपैयाँ रहेको थियो।

यस अवधिमा छिमेकी राष्ट्र भारतसँगकै व्यापारमा सबैभन्दा धेरै घाटा रहेको छ। यस अवधिमा भारतसँग मात्रै ५ खर्ब ७० अर्ब रुपैयाँ बराबरको व्यापार घाटा भएको छ भने चीनसँगको व्यापारमा १ खर्ब ५५ अर्ब रुपैयाँ घाटा भएको छ।

यस अवधिमा कुल १५१ वटा मुलकसँग वैदेशिक व्यापार भएकोमा २८ वटा मुलुकसँगको व्यापार नाफामा रहेको छ भने १२३ वटा मुलुसँगको व्यापार घाटामा रहेको छ।

दशौं महिनासम्ममा पाम आयलको निर्यात सबैभन्दा धेरै रहेको छ। यस अवधिमा १८ अर्ब ३१ करोड रुपैयाँ बराबरको पाम आयल निर्यात भएको छ। त्यस्तै, ८ अर्ब ३६ करोड रुपैयाँ बराबरको सोयाविन तेल निर्यात भएको भन्सार विभागको तथ्याँकले देखाउँछ।

त्यसैगरी, आयाततर्फ पनि डिजेलको हिस्सा सबैभन्दा धेरै छ। यस अवधिमा ७५ अर्ब रुपैयाँ बराबरको डिजेल आयात भएको छ भने २७ अर्ब रुपैयाँ बराबरको एलपि ग्याँस र २५ अर्ब रुपैयाँ बराबरको पेट्रोल आयात भएको छ।

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  १० : १८ बजे

राष्ट्रको आवश्यकता र जनताको मागअनुसार विकास गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

पाटन– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले इञ्जिनीयरलाई राष्ट्रको आवश्यकता

खुलेआम घुमिरहेका छन् पक्राउ पुर्जी जारी भएका वडाध्यक्ष, एमाले नेताले संरक्षण दिएको आरोप

सिरहा- सिरहाका एकजना वडाध्यक्षविरुद्ध आपराधिक उपद्रव, आगजनी तथा लुटपाटसम्बन्धी कसुरमा

जनमत-नाउपा एकता वैशाख १७ गते गर्ने तयारी

काठमाडौं– जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले वैशाख १७ गते

भूकम्पको १० वर्ष : गोरखा पुगे प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

के जनावरले पनि सपना देख्छन् ? 

काठमाडौं– यदि तपाईँसँग कुकुर वा बिरालो छ भने तिनीहरूले अचानक