भारतीय राष्ट्रपति मुर्मू सवार हेलिकप्टर हिलोमा फस्यो, प्रहरीले धकेलेर निकालिदिए « Khabarhub

भारतीय राष्ट्रपति मुर्मू सवार हेलिकप्टर हिलोमा फस्यो, प्रहरीले धकेलेर निकालिदिए


५ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

केरला- भारतकी राष्ट्रपति द्रौपदी मुर्मू सवार हेलिकप्टर बुधबार अवतरणपछि हिलोमा फसेको घटना सार्वजनिक भएको छ। प्रहरी र अग्नि–नियन्त्रणकर्मीहरूले भारतीय वायुसेनाको एमआई–१७ हेलिकप्टरलाई धकेलेर हिलोबाट निकालेका छन् ।

राष्ट्रपति सबरीमाला मन्दिर दर्शनका लागि जाँदै थिइन्। घटना केरला राज्यको पथानामथिट्टा जिल्लास्थित राजीव गान्धी रंगशालामा भएको हो, जहाँ हेलीप्याड हतारमा निर्माण गरिएको थियो ।

घटनास्थलमा रहेका अधिकारीका अनुसार कङ्क्रिट पूर्ण रूपमा नसुक्दा हेलिकप्टर भासिएर एकातिर झुक्न पुग्यो। पाङ्ग्राले छोएको भाग भासिन पुगेको हो ।

अधिकारीहरूका अनुसार हेलिकप्टर अवतरणको प्रारम्भिक योजना पम्बानजिक निलक्कलमा गरिएको थियो । तर खराब मौसमका कारण त्यसलाई प्रामदममा सारिएको थियो। यद्यपि राष्ट्रपति मुर्मूले कुनै ढिलाइ नगरी सडकमार्ग हुँदै आफ्नो यात्रा जारी राखेकी थिइन्।

राष्ट्रपति मुर्मूले सबरीमाला मन्दिरमा भगवान अय्यप्पाको दर्शन गरेकी छन्। उनी उक्त मन्दिरमा दर्शन गर्ने पहिलो महिला राष्ट्रपति बनेकी हुन्। यसअघि सन् १९७० को दशकमा पूर्व राष्ट्रपति वीभी गिरीले उक्त मन्दिरको भ्रमण गरेका थिए।

राष्ट्रपति मुर्मूले बिहीबार राजभवनमा पूर्व राष्ट्रपति केआर नारायणनको प्रतिमाको अनावरण गर्ने कार्यक्रम छ। त्यसपछि वर्कलास्थित शिवगिरी मठमा श्री नारायण गुरुको महा–समाधि शताब्दी समारोह उद्घाटन गर्नेछिन्।

राष्ट्रपति मुर्मू २४ अक्टोबरसम्म केरला भ्रमणमा रहनेछिन्। सो अवधिमा उनी कोट्टायमको पाला सन्ट थोमस कलेजको प्लेटिनम जुबिली समारोह र एर्नाकुलमको सेंट टेरेसा कलेजको शताब्दी कार्यक्रममा पनि सहभागी हुने कार्यतालिका रहेको छ।

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  ६ : २४ बजे

शुक्रबारका लागि लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल साउन ८ गते शुक्रबार सन् २०२६

आज २०८३ साल साउन ८ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ८ गते शुक्रबार सन् २०२६

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा

कर्णाली – सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

नेपालको कमजोर प्रदर्शन जारी, नेदरल्यान्ड्सले सजिलै हरायो

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गतको एक दिवसीय खेलमा