लगानी सम्मेलनबाट ऐतिहासिक उपलब्धी हासिल भयो– प्रधानमन्त्री « Khabarhub

लगानी सम्मेलनबाट ऐतिहासिक उपलब्धी हासिल भयो– प्रधानमन्त्री


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


विराटनगर– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सम्पन्न लगानी सम्मेलनबाट नेपालले ऐतिहासिक उपलब्धी हासिल गरेको दावी गरेका छन् ।

गृहजिल्ला झापालगायतको २ दिने भ्रमणमा निस्किएका ओलीले आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले भने, ‘हामी देश विकासका लागि तीव्र गतिले लागेका छौं । लगानी सम्मेलनलाई कुनै गलत तर्क–बितर्क, तथ्य र बहसको खाँचो छैन ।’

सरकारले पहिलो वर्षमा गरेका कामलाई आधार मान्दा आर्थिक बृद्धिदर करिब ८ प्रतिशत पुग्ने पनि ओलीले दावी गरे ।

‘पहिलो वर्ष संरचना बसाल्न, कानून बनाउन र अप्ठेरोलाई सजिलो बनाउने वर्षका रुपमा रह्यो,’ ओलीले भने, ‘अब कार्यान्वयनले गति लिन्छ ।’
प्रधानमन्त्री ओलीले नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा कुनै राजनीतिक पार्टी नभएको पनि बताए ।

विप्लव समूह कहिँ कतै दर्ता नभएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘सबै समूहहरु, गिरोहरु पार्टी हुन्छ भन्ने हुँदैन । उनीहरु पार्टी हैनन, राजनीतिक गतिविधिमा पनि संलग्न छैनन् ।’

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  २ : ०९ बजे

धादिङमा ५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद

धादिङ – फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिमाणमा

मर्दी पदयात्राका क्रममा एक पर्यटक बेपत्ता

कास्की – कास्की जिल्लामा अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने मर्दी हिमाल

इँटाका चाङले पुरिँदा तीन मजदुरको मृत्यु

काठमाडौँ । सर्लाहीको हरिपुर नगरपालिका–५ कृष्ण इँटा उद्योगमा चाङ खस्दा

मनसुनबाट २ लाख २६ हजार ६६१ व्यक्ति प्रभावित हुने अनुमान

काठमाडौं – यसपालि मनसुनको समयमा दुई लाख २६ हजारभन्दा बढी

निरुता बनिन् राष्ट्रिय महिला भलिबल टोलीको नयाँ कप्तान

काठमाडौं – ओपन स्पाइकर निरुता ठगुन्ना नेपाली राष्ट्रिय महिला भलिबल