झापाको क्वारेन्टाइनमा योगाभ्यास | Khabarhub Khabarhub

झापाको क्वारेन्टाइनमा योगाभ्यास


१४ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – झापाको कनकाई नगरमा क्वारेन्टाइनमा बसेकाहरूलाई नियमति योगाभ्यास गराउन थालिएको छ ।

नगरको कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा रहेको क्वारेन्टाइनमा बस्दै आएका ५६ जनालाई क्वारेन्टिन परिसरमै सामाजिक दूरी कायम राख्दै बिहान ६ बजेदेखि पहिलो चरणमा योगाभ्यास सञ्चालन गरिएको हो ।

पतञ्जली योग नगर समिति कनकाईले योगाभ्यासको सहजीकरण गरेको समितिका नगर अध्यक्ष टीकाप्रसाद जमरकट्टेलले बताए ।

अभ्यासका क्रममा स्वस्थ खानपान, योग व्यायाम, प्रणायमका साथै स्वास्थ्य सुरक्षा सामग्रीको उचित प्रयोगका बारेमा जानकारी दिइने छ ।

क्वारेन्टाइनमा बस्दै आएका मानिसको रोगसँग लड्ने क्षमताको विकास गर्दै उनीहरुको आत्मबल बढाउनका लागि योगाभ्यासको भूमिका महत्वपूर्ण हुने विश्वास लिइएको छ ।

भारतले लकडाउन खुकुलो पारेसँगै झापाका सीमावर्ती क्षेत्रबाट नेपाल प्रवेश गरेका नेपालीको क्वारेन्टाइन बसाइलाई सहज बनाउने उद्देश्यले योगाभ्यास सञ्चालन गरिएको कनकाई नगरपालिकाकी उपप्रमुख एवं नगरस्तरीय कोरोना सङ्क्रमण रोकथाम तथा विपद् व्यवस्थापन समिति संयोजक मञ्जु प्रसाईंले बताइन् ।

प्रकाशित मिति : १४ जेठ २०७७, बुधबार  ८ : ०८ बजे

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा